नेपालबाट यस्तो देखियो सूर्यग्रहण

  • Solar-Eclips-from-Nagarkot-Nepal
  • नगरकोटको डाँडोबाट देखिएको खण्डग्रास सूर्यग्रहण । तस्बिर सौजन्य: नासो
२६ फागुन, काठमाडौं । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले बुधबार भक्तपुरको नगरकोटमा सन् २०१६ को पहिलो खग्रास सूर्यग्रहण अवलोकन कार्यक्रम आयोजना गरेको छ ।
खग्रास सूर्यग्रहण चार मिनेट ९ सेकेन्डसम्म थियो जसका कारण पूरै अन्धकार भयो । यो दृष्य इन्डोनेसिया, म्यानमार लगायतका समुद्री तटबाट मात्र देखिएको थियो ।
नेपालबाट भने खण्डग्रास सूर्यग्रहणमात्रै देखिएको थियो । नेपालमा ५ बजेर ५७ मिनेटमा सुरु भएको खण्डग्रास सूर्यग्रहण ७ बजेर २ मिनेटमा सकिएको थियो । तर, नेपालमा सूर्योदय भएको समय ६ बजेर २२ मिनेटदेखि मात्रै सूर्यग्रहण देखिएको थियो ।
नगरकोटबाट खण्डग्रास सूर्यग्रहण हेर्न स्वदेशी र विदेशीसमेत गरी २५-३० जना व्यक्ति आएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । उनकाअनुसार सूर्यग्रहण हेर्न चितवनबाट समेत मानिसहरु आएका थिए ।
‘सँधै सूर्योदयको दृष्य हेर्न भिडभाड हुने नगरकोटमा आज भने कम व्यक्ति आए । कतिपयलाई सूर्यग्रहण हेर्नु हुँदैन भन्ने भ्रम रहेकाले पनि यस्तो हुनसक्छ,’ भट्टराईले भने ।
भट्टराईका अनुसार सूर्यग्रहण नांगो आँखाले हेर्नु भने हुँदैन । नांगो आँखाले सूर्यग्रहण हेर्दा अन्धोपन हुनसक्ने खतरा हुन्छ । त्यसैले यो दुर्लभ खगोलिय घटना अवलोकन गर्न नगरकोटमा विशेष प्रकारको टेलिस्कोप र चस्मा प्रयोग गरिएको थियो ।
बुधबार नेपालबाट ४० मिनेट खण्डग्रास सूर्य ग्रहण देखियो। सूर्योदयसँगै सूर्यग्रहण देखिएको हो। बुधबार बिहान ६ बजेर २२ मिनेटमा सूर्योदय सुरु भएसँगै नेपालमा सूर्यग्रहण देखिएको हो। पृथ्वी र सूर्यको बीचमा चन्द्रमा पर्दा सूर्यग्रहण लाग्ने गर्दछ।

सूर्यग्रहण ७ बजेर २ मिनेटमा अन्त्य भएको थियो। नेपालमा खण्डग्रास देखिएपनि इण्डोनेसियामा भने खग्रास सूर्यग्रहण देखिएको थियो। हेर्नुस् कहाँ कस्तो देखियो सूर्यग्रहण-


इण्डोनेसियाबाट देखिएको सूर्यग्रहणको क्रमबद्ध तस्विर। (दायाँबाट बायाँतर्फ)


इण्डोनेसियाको ट्रिनाटा आइल्याण्डबाट देखिएको खग्रास सूर्यग्रह। तस्विर - रोयटर्स


सिङ्गापुरबाट देखिएको दृश्य। तस्विर रोयटर्स। 


चीनको कुन्मिङबाट देखिएको दृश्य।


इण्डोनेसियामा सूर्यग्रहण हेर्दै सर्वसाधारण। फोटो : रोयटर्स।


फिलिपिन्सबाट देखिएको दृश्य। 


थाइल्याण्डको ब्याङ्ककबाट देखिएको सूर्यग्रहणको दृश्य। तस्विर : रोयटर्स। 

हेर्नुस् नासाले ट्विट गरेको भिडियो : 
 
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment