मानव अधिकार एलायन्स म्याग्दीको अध्यक्षमा खड्का


राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च मानव अधिकार एलायन्स म्याग्दी शाखाको शुक्रबार सदरमुकाम बेनीमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले घनश्याम खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा जुना गर्बुजा, सचिवमा दिलु बिटालु र कोषाध्यक्षमा अमृत बास्कुने चयन भएका छन् । यसैगरी समितिको सदस्यहरुमा दीपक पौडेल, विभा रोका, सागर सुवेदी, देवी घिमिरे, दिलमाया राम्जाली, महेन्द्र गर्बुजा र उर्मिला रेग्मी रहेका छन् ।
अधिवेशनको उद्घाटन गर्दै मानव अधिकार एलायन्सका केन्द्रीय सचिव गोविन्द पहाडीले पछिल्लो समय गैरसरकारी संघसंस्थाहरुलाई डलर खाने संस्थाका रुपमा हेर्ने गरिएकाले गैससका गतिविधिहरु परिणाममुखी बनाउनुपर्ने बताएका छन् । उनले मानव अधिकार एलायन्सलाई हेरिने अलगअलग धारणा भएको बताउँदै त्यसलाई परिवर्तन गर्नुपर्ने गरी मानव अधिकारको आन्दोलनलाई सशक्तरुपमा उठाउनुपर्ने धारणा राखेका थिए ।
सोही कार्यक्रममा बोल्दै नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले गैरसरकारी संघसंस्था राज्यको विकासका साझेदार भएकाले काम गर्ने सवालमा इमान्दारीता देखाउनुपर्ने बताए । उनले मानव अधिकार एलायन्सलाई सक्रिय बनाउन आग्रह समेत गरेका छन् ।
अधिवेशनले प्रगति तथा आर्थिक प्रतिवेदन पारित गरेको छ भने कार्यक्रममा जिल्लामा मानव अधिकार एलायन्समार्फत गर्न सकिने गतिविधिलगायतका बारेमा पनि अन्तत्र्रिmया र छलफल गरिएको थियो । मानव अधिकार एलायन्स म्याग्दीका निवर्तमान अध्यक्ष दिवा पुनको अध्यक्षता, उपाध्यक्ष दयासागर शर्माको स्वागत र सचिव भक्त कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment