८८ वर्षपछि अमेरिकी राष्ट्रपति क्युबामा

obama and castro८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामा क्युवाको एेतिहासिक यात्रामा निस्किएका छन् ।
अमेरिकी पूर्व राष्ट्रपति केल्विन कूलिजपछि क्युवा भ्रमणमा जाने ओबामा ८८ वर्षमा पहिलो राष्ट्रपति हुन् । ओबामाले क्युवामा राष्ट्रपति राहुल क्यास्ट्रोसँग भेट गर्ने कार्यक्रम भए पनि फिडेल क्यास्ट्रोसँग भने उनले भेट गर्ने कार्यक्रम छैन् ।
भेटघाटमा ओबामाले क्युबाका राष्ट्रपति राहुल क्यास्ट्रोसँग अमेरिका तथा क्युवा बीचको व्यापार तथा राजनीतिक सम्बन्ध सुधारबारे चर्चा गर्ने बीबीसीले जनाएको छ ।
ओबामा क्युवाको राजधानी हवाना पुग्नु भन्दा केहीअघि क्युवामा राजनीतिक बन्दीको रिहाइको माग गर्दै प्रदर्शन गर्ने ‘लेडिज इन हृवाइट’ समूहका महिलालाई हटाइएको छ ।
ओबामाको यात्रालाई अमेरिका र क्युवाको विग्रिएको सम्वन्ध सुधारको कडीका रुपमा लिइएको छ । क्युवामाथि ५४ वर्षदेखि अमेरिकाले आर्थिक प्रतिवन्ध लगाइरहेको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment