सहकारीले आर्थिक विकाससँगै सामाजिक रुपान्तरण गर्नुपर्छ

प्रताप बानियाँ 
म्याग्दी जिल्लाका सहकारी अभियन्ताहरुले सहकारी संघसंस्थाले आर्थिक विकाससँगै सामाजिक रुपान्तरण गर्नुपर्ने बताएका छन् । जिल्ला सहकारी संघ म्याग्दीले शुक्रबार सदरमुकाम बेनीमा ५९औं राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्याको अवसरमा आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रममा बोल्ने सहभागीहरुले यस्तो बताएका हुन् । 
उनीहरुले सहकारीमार्फत आत्मनिर्भरताको बाटो अपनाउनुपर्नेमा जोड दिँदै सामाजिक रुपान्तरणका लागि क्षमता अभिवृद्धि हुने खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए । सहकारी अभियन्ताहरुले सहकारीको माध्यमबाट न्युन आय भएका वर्गको उत्थान हुनुपर्ने भन्दै आर्थिक विकास गर्नुपर्ने बताएका थिए । 
उनीहरुले सहकारीमार्फत आर्थिक उन्नति भएनभएको अनुगमन गर्नका लागि जिल्ला जिल्लामा सहकारी कार्यालयको स्थापना गर्नुपर्ने माग समेत गरेका छन् । सहकारीहरु धनी र सहकारीको छाता सङ्गठन जिल्ला सहकारी संघ गरिब भएको भन्दै संघलाई मजबुत बनाउनका लागि डिभिजन सहकारी कार्यालय र सरकारले विशेष ध्यान पु¥याउनुपर्ने सहकारी अभियन्ताहरुको भनाई छ । 
कार्यक्रमको उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले सहकारीको माध्यमबाट मानवीय गरिबीलाई न्युनीकरण गर्नुपर्ने बताएका छन् । उनले समुदायमा जनचेतनाको विकास गरी समाज परिवर्तनका लागि सहकारीले आत्मनिर्भरताको बाटो अँगाल्नुपर्ने भन्दै सामाजिक रुपान्तरण र परिवर्तन गर्नुपर्ने बताए ।
Displaying IMG_0007.jpg
डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख विष्णुप्रसाद शर्माले समाजमा भएका निम्न आय, वर्ग, किसान, मजदुरलगायतको उत्थानका लागि सहकारीको विकास भएको बताए । उनले हाल धौलागिरि अञ्चलमा झण्डै १ हजार वटा सहकारीहरु सञ्चालनमा रहेको बताउँदै सहकारीको ऐननियमअनुसार सहकारी चल्नुपर्ने धारणा राखेका थिए । 
कार्यक्रममा जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्की ‘बिखर्ची’ले पछिल्लो समय संघमार्फत जिल्लाका चारपाँच वटा सहकारीहरुलाई क्रियाशिल बनाइएको बताएका थिए । उनले संघले सहकारीको पक्षमा आवश्यक काम गरिरहेको बताउँदै राज्यले सहकारीलाई पेल्न खोजे त्यसका लागि आन्दोलन गर्नुपर्ने बताए । 
राष्ट्रिय सहकारी दिवसको अवसरमा ‘आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी’ भन्ने मुल नारासहित संघले साताव्यापी विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको जिल्ला सहकारी संघ म्याग्दीले जनाएको छ । म्याग्दीमा गएको असारसम्म २०९ ओटा सहकारीहरु दर्ता भई सञ्चालमा रहेपनि जिल्ला सहकारी संघमा भने जम्मा ६० ओटा सहकारी मात्रै आबद्ध भएका छन् । 
कार्यक्रममा मुक्ति ढुङ्गाना, अमृतदेवी बानियाँ, रश्मी बानियाँलगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रम जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष कार्कीको अध्यक्षता, सचिव रामप्रसाद सुवेदीको सञ्चालन र कोषाध्यक्ष जमुना आचार्यको स्वागतमा सम्पन्न भएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment