भारतीय सञ्चारमाध्यम भन्छन्ः ‘नेपाल-चीन सम्झौताले भारतलाई चुनौती’

indian-flag
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएको दुईपक्षिय सहमति र नेपाल- चीन सम्बन्धलाई भारतीय सञ्चार माध्यले नेपाल भारत पारस्परिक हैसियतमा चुनौतिका रुपमा हेरेका छन् ।
चीनसँगको निकटता र त्यसले नेपालको उत्तरसँगको आर्थिक तथा अन्य निकटतापनि भारतसंगको सम्बन्धकै मूल्यमाहुने उनीहरुले टिप्णी गरेका आजको अन्नपूर्णमा समाचार छ ।
‘नेपालका प्रधानमन्त्रीले बइेजिङमा गरेका सम्झौता भारतका लागि खतरा हुन् । भारतको प्रभाव क्षेत्रमा चीनको प्रभाव बढ्नु भारतको लागि हितकार छैन ।’ भारतीय टेलिभिजन च्यालन ‘जी न्युज’ले प्रसारण गरेको भिडियोमा भनिएको छ ।
चीनसँग ओलीले गरेको पारवहन सम्झौताले भारतसँगको नेपालको परनिर्भरता उल्लेख्य मात्रामा घटाउने र नेपालले चीनको तिनजियन समुन्द्री बन्दरगाह हुँदै तेस्रो मुलुकसम्म व्यापार गर्ने भारतीय पत्रकार सुधार रामचन्द्रन एसिया टाइम्स अनलाइनमा प्रकाशित आफ्नो लेखमा भन्छिन् ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment