पाकिस्तानलाई हराउँदै न्यूजिल्याण्ड टी-२० विश्वकपको सेमिफाइनलमा

ICC World Twenty20 India 2016: New Zealand v Pakistan१० चैत, काठमाडौं । मार्टिन गुप्टिलको ८० रनको मदतमा पाकिस्तानलाई हराउँदै न्यूजिल्याण्ड टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
लगातार तेस्रो जित हात पार्दै क्रममा न्यूजिल्याण्डले मोहालीमा पाकिस्तानमाथि २२ रनको जित हात पारेको हो । न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले लगातार तेस्रो पटक टस जिते र ब्याटिङको निर्णय गरे ।
न्यूजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १८० रनन बनायो । गुप्टिलले ४८ बलमा १० चौका र ३ छक्काको मदतमा ८० रन बनाए । रोस टेलरले ६ र कोरी एन्डरसनले २१ रनको योगदान दिए ।
जवाफमा पाकिस्तानको सुरुवात राम्रो रहृयो । उसका लागि ओपनर शरजीत खानले २५  बलमा ४७ रन बनाए भने अहमद शहजादले ३२ बलमा ३० रन जोडे ।
कप्तान शाहिद अफ्रिदीले ९ बलमा १२ रन बनाएर आउट भए । शोएब मलिक १५ रनमा अविजित रहे । तर, २० ओभरमा ५ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो । न्यूजिल्याण्डका मिशेल सेन्टनेर र एडम माइल्नेले २-२ विकेट लिए ।
अब समूह दुईमा पाकिस्तान, अष्ट्रेलिया र भारतको समान २-२ अंक छ भने बंगलादेश अंकविहीन छ । पाकिस्तानले ३ खेल खेलेको छ भने बाँकी तीन टोलीले २-२ खेल खेलेका छन् ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment