१४० नै हो सिमा

माइक्रो ब्लगिंग साइट टि्वटर प्रयोगकर्ताले टि्वट गर्दा १ सय ४० वटा क्यारेक्टर्सको सिमाभित्र रहनुपर्ने बाध्यता टि्वटरले हटाउन लागेको र टि्वटरले अक्षरको सीमा बढाएर १० हजार पूराउन  लागेको समाचार केही समय पहिले आएकेा थियो ।
Twitterटि्वटरको क्यारेक्टर्स सीमा हट्न लागेको कुरा सुनेर धेरै टि्वटर प्रयोग कर्ता खुसी भएका थिए । तर टि्वट्सको अक्षरसीमा बढ्ने हल्ला हात्ती आयो हात्ती आयो फुस्सा जस्तै भएको छ । अन्ततः टि्वटरले टि्वट्सको क्यारेक्टर्स सीमा १ सय ४० मै सिमित राख्ने भएको छ ।
टि्वटरका सिइओ ज्याक डोर्सीले यस्तो जानकारी दिएका हुन् । टि्वटरले अक्षरको सिमा १ सय ४० बाट नबढाउने उनले प्रष्ट पारेका छन् ।
साइटको लोकप्रियता बढाउनका लागि हालै पोल लगायतका विभिन्न फिचर्स थप गरेको टि्वटरले प्रयोगकर्ताको चाहनालाई ध्यानमा राख्दै अक्षरको सीमा पनि हटाउन लागेको आँकलन गरिएको थियो ।
तर टि्वटरले यसअघिका समाचार तथा अनुमान अनि प्रयोगकर्ताको हुटहुटीमाथि चिसो पानी खन्याइदिएको छ ।
पछिल्लो समय टि्वटर आफ्ना प्रयोगकर्ताको संख्या बढाउन संघर्षरत छ । सन् २०१५ को अन्तिम तिन महिनामा आफ्ना प्रयोगकर्ताको संख्या नबढेको टि्वटरको रिपोर्टले देखाएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment