खेलाडीहरुलाइ तीन दिन लगातार सम्मान


नेपालको प्रतिनिधित्व गर्दै खेलकुदमा सहभागी हुँदै पदक जित्न सफल म्याग्देली खेलाडीहरुलाई म्याग्दी सदरमुकाम बेनीमा विभिन्न संघ संस्थाहरुले भव्य स्वागत गरेका छन् ।
दक्षिण एसीयाली खेलकुद प्रतियोगिता सागमा सहभागी भएर उसुमा रजत पदक प्राप्त गर्ने बाबियाचौरकी बिन्दु पुन मगर, भारत्तोलनमा कास्य पदक बिजेता हिस्तान मथेनीकी तारादेवी पुन, आर्चरीमा कास्य पदक बिजेता पाखापानीका प्रेमप्रसाद पुन र भलिबलमा कास्य पदक बिजेता रुमकी कमला पुन तथा पिप्लेकी अरुणा शाहीलाई सदरमुकाम बेनी बजारमा सम्मान गरिएको थियो ।
बेनी बजारका विभिन्न संघ संस्थाहरुले तीन दिन सम्म खेलाडीहरुलाई सम्मान गरेका थिए । फागुन १८ गते बिहान जिल्ला खेलकुद विकास समितिले दोसल्ला ओडाएर सम्मान गर्नुका साथै म्यागदीमा स्वागत गरेको थियो । जिल्ला विकास समितिले जिल्ला विकास समितिको परिषद्को अवसरम नगद सहित सम्मान गरेको थियो । १८ गते नै बेनी बजार स्थीत माउण्ट एभरेष्ट आवासीय उच्च माविले नगद सहित सम्मान गरेको थियो ।
त्यसैगरी सागमा मेडल जित्न सफल म्याग्देली खेलाडीहरुलाई फागुन १९ गते न्यू वेष्ट प्वाइन्ट आवासीय उच्च माबि बेनी, नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रीक खेलुद संघ, नेकपा एमाले र घतान स्थीत काउलेगौंडा युवा क्लबले सम्मान गरेको थियो ।
त्यस्तै खेलाडीहरुलाई २० गते नेपाल मगर संघले सम्मान गरेको थियो भने जिल्ला खेलकुद बिकास समिति म्याग्दीले नगद र प्रसंसा पत्रले सम्मान गर्नुका साथै बिदाई गरेको थियो ।
खेलाडीलाई सम्मान गर्ने क्रममा जिल्ला खेलकुद विकास समितिले ज्यामरुककोटका अधिराज पौडेल र अर्जमका कर्ण प्रधानलाई पनि सम्मान गरेको थियो । पोखरामा सम्पन्न विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगितामा अधिराज पौडेलले स्वर्ण पदक र कर्ण प्रधानले रजत पदक प्राप्त गरेका थिए । पहिलो पटक कोरीया भन्दा बाहिर आयोजना गरिएको प्रतियोगिताको लक्ष नेपालमा गत बैशाखमा गएको भुकम्प पिडीत नेपालाई उत्साह प्रदान गर्नु र भुकम्पको जोखीम हटि सक्यो र पर्यटनका लागि निकै सम्भावना छ भन्ने सञ्चार गर्नु रहेको थियो ।
जिल्ला खेलकुद विकास समितिका अमृत बास्कुनेले सञ्चालन गरेको कार्यक्रममा खेलकुद विकास समितिका अध्यक्ष कृष्ण कुमार बिश्वकर्माले खेलाडीहरुलाई धन्यवाद दिनुका साथै आगामी दिनमा थप प्रगती गर्न हौस्याएका थिए । कार्यक्रममा उपाध्यक्ष सोभन श्रेष्ठ, सदस्य हिक्मत श्रेष्ठ, कार्यालय सचिव दानबहादुर राई, खेलकुद प्रशिक्षक तेजेन्द्र बानियाँलगायतको सहभागिता रहेको थियो ।
खेलाडीहरुको संक्षीप्त परिचय
बिन्दु पुन मगर
बाबा  भीमबहादुर पुन
आमा ः याममाया पुन
बाबियाचौर ५ म्याग्दी
साग खेलकुदमा उसु प्रतियोगितामा कास्य
अरुणा शाही
बाबा ः कुबिर शाही
आमा ः कमला शाही
पिप्ले २ म्याग्दी
भलिबलमा कास्य पदक
कमला पुन
बाबा ः चन्द्र पुन
आमा ः लालकुमारी पुन
रुम ९ म्याग्दी
भलिबलमा कास्य
तारा देवी पुन
बाबा ः बिरु पुन
आमा ः दिलमायाँ पुन
हिस्तान गाविस ३ मथेनी म्याग्दी
सागमा भारत्तोलन ७५ केजी माथि समूहमा कास्य पदक बिजेता

प्रेमप्रसाद पुन
बाबा ः नन्दे पुन
आमा ः हरिमायाँ पुन
पाखापानी ३ म्याग्दी
आर्चरी प्रतियोगितामा कास्य पदक
अधिराज पौडेल
बाबाः भीमबहादुर पौडेल
आमा ः रत्न पौडेल
बेनपा ३ ज्यामरुककोट
विश्व तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक बिजेता


कर्ण प्रधान
बाबा ः नरबहादुर प्रधान
आमा ः मनकुमारी प्रधान
बेनपा २ अर्जम
विश्व तेक्वान्दो प्रतियोगितामा रजत पदक बिजेता

 कार्यक्रमको फोटो फीचर 






Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment