बार्सिलोनाको अपराजित यात्रा कायमै

विवादले लियो समर्थकको ज्यान
स्पेनिस ला लिगामा साबिक विजेता बार्सिलोनाले आफ्नो रवाफ कायमै रोखेको छ । लगातार ३६ खेलमा अपराजित रहने क्रममा बार्सिलोनाले आइतबार एइबारलाई ४–० ले पराजित गर्‍यो । बार्सिलोनाको जितमा लियोनल मेसीले २ गोल गर्दा लुइस सुआरेज र मुनिर हाडाडीले १–१ गोल गरे ।
 तीन स्ट्राइकरबीच उत्कृष्ट तालमेल
 जारी सिजनमा बार्सिलोनाका मेसी, सुआरेज र नेमारबीच उत्कृष्ट तालमेल देखिएको छ । तीन खेलाडीले जारी सिजनमा समग्रमा सय गोल गरिसकेका छन् । अघिल्लो सिजनमा तीन खेलाडीको कुल गोल संख्या १ सय २२ थियो । सिजनमा अझै दुई दर्जन खेल बाँकी रहँदा तीन खेलाडीको गोल संख्या अघिल्लो सिजनको भन्दा बढ्ने निश्चित छ । 
तीन उपाधिमा दाबेदारी
 एइबारविरुद्धको खेलमा नेमार भने अनुपस्थित थिए । खेल गुमाएका नेमार आफ्नी बहिनीको जन्मदिन मनाउन ब्राजिल गएका थिए । नेमारको स्थानमा खेलेका मुनिरले आठौँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । मेसीले ४१औँ र ७६औँ मिनेटमा गोल गरे । सुआरेजले खेलको ८४औँ मिनेटमा गोल गर्दै बार्सिलोनाको ४–० को जित पक्का गराए । अघिल्लो सिजन नेमार, मेसी र सुआरेजको उच्च प्रदर्शनमा ला लिगा, च्याम्पियन्स लिग र कोपा डेल रे जितेको बार्सिलोनाले यो सिजन पनि तीनवटा उपाधिमा दाबेदारी प्रस्तुत गरिसकेको छ । 
इतिहासकै राम्रा फरवार्ड
 सिजन सुरुवातमा बार्सिलोनाका प्रशिक्षक लुइस इन्रिकलाई बार्सिलोनासँग इतिहासकै राम्रा स्ट्राइकर भएको भनी सोधिएको प्रश्नमा भनेका थिए, ‘उनीहरूले बार्सिलोनालाई इतिहासकै राम्रो टिम बनाएका छन्, मलाई लाग्छ उनीहरू बार्सिलोनाका सबैभन्दा राम्रा खेलाडीमा पर्छन् । जारी सिजनमा सुआरेजले ४२ गोल गरिसकेका छन् । यस्तै, मेसीले यो सिजनमा ३५ गोल पूरा गर्दा नेमारले २३ गोल गरेका थिए । 
बार्सिलोनाको आठ अंकको अग्रता 
लिगमा १० खेल खेल्न बाँकी छँदा बार्सिलोनाले लिगमा ८ अंकको स्पष्ट अग्रता लिएको छ । बार्सिलोनाले २८ खेलबाट ७२ अंक जोडेको छ । बार्सिलोनाले लिगमा दुई खेलमा मात्र हार व्यहोर्दा २३ खेल जितेको छ । दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ६४ अंक छ भने तेस्रो स्थानको रियल म्याड्रिडको ६०अंक छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment