आउला त घाइते पोल बेनी ?

बेनी भिडन्तमा राज्य र विद्रोही विच भएको दोहोरो गोली हानाहानबाट सयौ गोली लागेको विद्युतको पोललाई जिल्लामा ल्याए ब्यवस्थापन गर्ने बेनी नगरपालिकाले जनाएको छ । नगरपालिकाका कार्यकारी अधिकृत छवी सुबेदीले सञ्चारमाध्यममा पोलका बारेमा आफुँले समेत देखेको बताउँदै जिल्लाबाट बाहिर गएको पोल ल्याउन सहयोग गर्न सकिने भएपनि प्रक्रियामा जिल्ला प्रशासन कार्यालयको पत्र सहित जानुपर्ने बताउँदै जिल्लामा भित्रिएपछि त्यसको ब्यवस्थापनको जिम्मेबारी नगरपालिकाले लिने बताए ।
IMG_4592
‘पोल संरक्षणमा आवश्यक बजेट सहितको ब्यवस्थापन गर्न सकिन्छ । राखिएको ठाउँबाट ल्याउन प्रशासनले पहल गर्नुपर्छ’ उनले भने । हालै बागलुङबाट सरुवा भएर बेनी नगरपालिकामा आएका सुबेदीले जिल्लामा क्रियासिल पत्रकारहरू संग अन्र्तरक्रियामा द्धन्द्धकालिन अवस्थामा गोली लागेको पोल जिल्लाको आन्तरिक स्रोत समेत हुने भएकाले पनि जिल्लामा ल्याएपछि उचित ब्यवस्थापनमा कुनै समस्या नभएको बताए ।
कुनैपनि सार्वजनिक सम्पत्ती जिल्ला बाहिरबाट ल्याउँदा जिल्ला प्रशासनको पत्र सहितको पहल हुनुपर्छ । माओवादीले गरेको जनयुद्धको क्रममा म्याग्दीको सदरमुकाम बेनी आक्रमण जनयुद्धकै ठुलो भएकाले पनि नयाँ पुस्तालाई त्यसको बारेमा जानकारी दिन गरी दवावमुलक कार्यक्रम समेत सञ्चालन गरिएको भएपनि सरकारी निकायको उदाशिनताको कारण सफल हुन सकेको छैन् । विद्युत प्राधिकरणका कर्मचारीसंगको मिलेमतोमा जिल्ला प्रशासन कार्यालय लगाएतका सरकारी निकायसंग कुनै अनुमति नलिई ललितपु जिल्लाको पाटनको एक रेष्टुरेन्टमा पु¥याइएको छ ।
vlcsnap-2016-01-09-20h33m15s238
फिर्ता ल्याउने अभियानमा राजनितिक दलले समेत चासो देखाएका छैनन् । करिव ६ बर्ष अगाडी जिल्लाबाट बाहिरिएको पोललाई फिर्ता ल्याउन मलेसीयमा रहेका रत्नेचौरका दिपक बोगटी, लायन्स क्लव अफ नेपालका एरिया चिप कोर्अडिनिटर चन्द्र कुमार केसी, नेपाल जेसीजका निर्वतमान राष्ट्रिय अध्यक्ष धनन्जय कुमार श्रेष्ठ, ओम कुमारी शान्ति कोष लगाएतका संघसंस्था सहित सरोकारवाला निकायले जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालय, क्षेत्रीय प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालय ललितपुरको ध्यानकर्षण गराउँदै ज्ञापन पत्र समेत बुझाएका थिए ।
poolजिल्लाबाट मदन पुस्तकालयको नाममा लगिएको पोललाई संरक्षण गर्ने आधार सहित धन्यवाद पत्र दिएमा फिर्ता गर्ने मानवअधिकारकर्मी कनकमण्ी दिक्षितले समेत प्रशासनको लिखित धन्यवाद पत्र उपलब्ध गराए फिर्ता दिने प्रतिबद्धता जनाइसकेका छन् । २०६० साल चैत्र ७ गते माओवादीले गरेको बेनी आक्रमणको क्रममा मंगलाघाट तर्फबाट आएका माओवादी र तत्कालिन कालिप्रसाद गणको ब्यारेकको सेन्टीमा बसेका सेना विच दोहोरो फाईरिङमा गोली लागेको थियो । पोल नजिक रहेको सेनाको सेन्टी र मंगलाघाटबाट ठेलामा दाउरा, सुत्ने खाट सहित आएका माओवादी विच गोली हानाहान भएको थियो । 
हरिकृष्ण गौतम
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment