भारतले नाकाबन्दी गरेपछि चीनसंग इन्धन सम्झौता गर्नुपर्ने माग जोडदार रुपमा उठे पनि प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा बहुप्रतिक्षित इन्धन सम्झौता हुन सकेन ।
यद्यपी चीन र नेपाल इन्धन आपुर्ति गर्न सैद्धान्तिकरुपमा सहमत भएका छन् ।

बुधबार चीन र नेपालले जारी गरेको संयक्त बक्तव्यको बुँदामा नेपाल र चीनबीच इन्धन सम्झौता हुने उल्लेख छ । संयुक्त बक्तव्यको आठौँ बुँदामा इन्धन व्यापारका लागि सम्झौता गर्न दुबै देश सहमत छन् भन्ने उल्लेख छ ।
चीन र नेपालले जारी गरे १५ बुँदे संयुक्त विज्ञप्ति
चीनसँग भएको सम्झौताबारे भारत बोल्यो
ओलीको भ्रमणकै क्रममा हुने भनिएको इन्धन सम्झौता नहुने भएपछि भ्रमण दलमा रहेका आपूर्ति मन्त्री गणेशमान पुनको नाम पनि थाहा नै नदिइ हटाइएको चर्चा चलेको थियो । भ्रमण दलमा असम्बन्धित व्यक्ति समेटिए पनि इन्धन आपुर्ति सम्झौता गर्न लागि परेका आपूर्ति मन्त्री पुनलाई हटाइएको थियो ।
ओलीले चिनियाँ भाषा नबुझ्दा के भयो (रमाइलो भिडियो)
पुनलाई हटाइएसंगै इन्धन सम्झौताको बुँदा पनि भारतको दबाबमा हटाइएको स्रोतको दावी छ ।
धानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्री ली खच्याङले आफूहरु इन्धन सम्झौताका लागि तयार रहेको बताइसकेका छन् ।
0 comments :
Post a Comment