नेपालमा इन्धन व्यापार गर्न चीन सहमत, रेल्वेका लागि सहयोग गर्ने

nepal china
नेपाल र चीन इन्धन व्यापार सम्झौताका लागि तयार भएका छन् । साथै नेपालमा रेल्वे सेवाको सम्भाव्यता अध्ययन र डीपीआरका लागि आर्थिक-प्राविधिक सहयोग गर्न चीन तयार भएको छ ।
बेइजिङमा नेपाल र चीनले बुधबार १५ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन् । जसमा इन्धनको व्यापारका लागि सम्झौता गर्न दुबै देश सहमत भएको आठौं बुँदामा उल्लेख छ । यसका लागि सम्वद्ध कम्पनीहरुलाई छलफल अघि बढाउन र मूल्य, कर, ढुवानी, गुणस्तर नियन्त्रण, भन्सारबारे निर्णयमा पुग्न भनिएको छ ।
नेपालले आफ्ना मागको ३३ प्रतिशत इन्धन चीनबाट ल्याउने समझदारी यसअघि नै गरिसकेको छ । प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा इन्धन सम्झौता नभएपछि त्यसका लागि प्रतिवद्धता आएको छ ।
साथै नेपालमा इन्धन भण्डारण स्थल निर्माणका लागि दुबै पक्ष तयार भएका छन् । र, नेपालमा ग्यास तथा तेलको सम्भाव्यता अध्ययनका लागि तीनले सहयोग गर्ने औपचारिक सम्झौता पनि भइसकेको छ ।
चीनले नेपालमा रेल्वे सेवाको सम्भाव्यता अध्ययन र डीपीआरका लागि आर्थिक-प्राविधिक सहयोग गर्ने भएको छ । प्रस्तावित रसुवागढी-काठमाडौं र काठमाडौं-पोखरा-लुम्बिनीको रेल्वे सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवदेन (डीपीआर)का लागि चीनले आर्थिक र प्राविधिक सहयोग गर्ने संयुक्त वक्तव्यको १३ औं बुँदामा उल्लेख छ ।
उर्जामा सहकार्यका लागि दीर्घकालीन संयन्त्र
उर्जामा सहकार्यका लागि दीर्घकालीन संयन्त्र बनाउन नेपाल र चीन सहमत भएका छन् । अरुण किमाथांक हाइड्रो, रसुवागढी-केरुङ चार सय केभी क्षमताको अन्तरदेशीय प्रशारण लाइन र काठमाडौं-खाँदवारी-धनकुटा रोड दुई लेनको बनाउन सम्भाव्यता अध्ययन तथा डीपीआरका लागि चीनले आर्थिक र प्राविधिक सहयोग गर्ने छ ।
काठमाडौं उपत्यकामा चक्रपथ विस्तारको पहिलो चरणको कामलाई तीव्रता दिन, दोस्रो चरणको सम्भावता अध्ययन गर्न र अरनिको राजमार्ग मर्मत गर्न चीन तयार भएको छ ।
यस्तै नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न चीनले प्रोत्साहन गर्ने दुई देशको १५ बुँदे संयुक्त विज्ञप्तिमा उल्लेख छ । क्रस बोर्डर इकोनोमिक जोन बनाउने, अरु भन्सार नाकाहरु खोल्दै जाने र हालै भएको पारवहन सम्झौता कार्यान्वयन तथा सीमा व्यवस्थापनका लागि गर्ने छलफल अघि बढाउने दुई देशको सहमति छ ।
चीनले नेपालको भूकम्प प्रभावित क्षेत्रको २५ परियोजनाका लागि सहयोग गर्ने र ३ बिलियन आरएमबी २०१६-०१८ मा खर्च गर्ने गरी दिने नेपाल र चीनको संयुक्त वक्तव्यमा उल्लेख छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment