पूर्व लडाकुलाई प्रयोग गरी पतिको हत्या

अमृत गिरी/रुपन्देही ।
सुख दुख बाँडेरसँगै जिउने बाचा साथ वैवाहिक बन्धनमा बाँधिएर रहेको एक जोडीले आपसी सामान्य विवादलाई मिलाउन नसक्दा परिवार नै छिन्नभिन्न भएको छ । सामान्य घरायसी विवादलाई समयमै व्यवस्थापन गर्न नसक्दा रिसइवी चुलिएपछि परिवारमा एक जनाको ज्यान गएको छ भने अरु लथालिङ्ग भएका छन् । 

मापसे गरी सताउने गरेको आरोपमा रुपन्देहीको तिलोत्तमा नपा-१४कुमारीका एक पुरुषलाई पत्नीले माओवादीका पूर्व लडाकुको प्रयोग गरी हत्या गराएकी छन् । ४५ वर्षीय पदमबहादुर थापालाई उनकै पत्नी ३७ वर्षीया रेनुले माओवादीका पूर्वलडाकुलाई प्रयोग गरी गत माघ ४ गते घरमा सुतेकै अवस्थामा हत्या गरेको खुलेको छ । घटनामा संलग्नहरू सबै गिरफ्तार भएपछि मात्रै प्रहरीले घटना सार्वजनिक गरेको छ । हत्यामा संलग्न दुवै जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

माओवादीका पूर्व लडाकु तिलोत्तमा नपा-१६ (मक्रहरमृगौलीका ३२ वर्षीय सञ्जय भन्ने विक्रम थारुलाई प्रहरीले माघ ११ गते उनको घर नजिकैबाट गिरफ्तार गरेको बताएको छ । उनीहरू दुवै जनालाई प्रहरीले बुटवलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

पतिले सधै मादकपदार्थ सेवन गर्थेघरको आर्थिक स्थिति के छत्यो कहिल्यै ख्याल नराख्ने र केही सम्झाउन खोज्दा मार्न खोज्ने गरेकाले मान्छे खोजेर मार्न लगाएको आरोपितले बयान दिएकी छन् । रक्सी खाने आउने तथानाम गाली गर्नेबेइज्जती गर्नेजग्गा जमिन बिक्री गरी सिध्याउने जस्ता काम गरेकाले रिस खप्न नसकेर मारिदिएको हत्या आरोपितले बताएकी छन् ।
पतिको गतिविधि सहन नसकेपछि पूर्व लडाकुलाई ८० हजार रुपियाँ दिएर मार्न लगाएको उनले बताइन् । हत्याका आरोपित चौधरी मृतकका मिल्ने साथी पनि थिए । आफ्नै मिल्ने साथीलाई हत्या गर्दा पश्चाताप लागेको छैन भनेर त्यहाँ उपस्थित पत्रकार सामु प्रहरीले प्रश्न गर्दा चौधरीले भने-छैन । उनको अनुहारमा कुनै पनि सङ्कोच देखिँदैनथ्यो ।

उनीहरूका १६ वर्षीय एक छोरा र १८ वर्षीया एक छोरी छन् । छोरा मुटुको रोगी छन् । मुटु रोगी छोराले कक्षा ८ पढ्दा पढ्दै छाडेर बसेका छन् । छोरीले कक्षा १२ पढ्छिन् । उनीहरू हजुरआमा र काकाको घरमा आश्रय लिएका छन् ।  बाबाको हत्या भएको र हत्याको आरोपमा आमा गिरफ्तार परेपछि उनीहरू निराश बनेका छन् ।

कसरी भयो घटना ?
पतिले सधैजसो मापसे गरेर कुटपिट गर्ने गरेको र सताउने गर्दा उनीहरू -पति-पत्नीबीच जहिले पनि यही विषयमा झगडा हुन्थ्यो । पतिले मार्नेगरी कुटपिट गर्दा उनले मनमनै पतिलाई नै मारिदिन पाए हुन्थ्यो भन्ने योजना बनाउन थालिन् । विगत झण्डै डेढ महिनादेखि यस्तो योजना बनाउन थालेको उनले प्रहरी सामु बताएकी थिइन् । हत्या गर्नकै लागि पदमकै साथी विक्रमलाई सम्पर्क गरिन् ।

विक्रमले पैसाको लोभमा आफ्नै साथीको हत्या गर्न तयार भए । विक्रमले ८० हजार रुपियाँमध्ये पेश्की स्वरुप आधा जति पाएपछि हत्याको सम्झौता पनि गरे । घटनाको दिन विक्रम पदमको घरमा पुगे त्यो माघ ४ गतेको दिन थियो । राति १० बजेतिर विक्रम उनको घरमा पुगेका थिए त्यतिबेला घरमा कोही थिएनन् । छोरा-छोरी हजुरआमाकोमा थिएपत्नी बिहानै देखि घर बाहिर थिइन् । कोठामा सुतेका पदमको विक्रमले हत्या गरे । हत्याका लागि उनले फलामे रडको प्रयोग गरेका थिए । उनी रक्ताम्ये भएर बेडमै सुतेको अवस्थामा प्रहरीले फेला पारेको थियो । अहिले पतिको हत्या गर्न लगाउने रेनु र हत्या गर्ने विक्रम थारु इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा छन् । उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइएको छ ।
को हुन विक्रम थारु ?
तिलोत्तमा नपा-१६ मृगौलीका बासिन्दा ३२ वर्षीय सञ्जय भन्ने विक्रम थारु माओवादीका पूर्व लडाकु हुन् । ९ वर्षसम्म माओवादी लडाकु भई काम गरेको उनले बताए । ०६८ सालको फागुनमा पनि उनी गिरफ्तार भएका थिए । त्यतिबेला प्रहरीले उनको साथबाट कटुवा पेस्तोल फेला पारेको थियो । त्यतिबेला उनी ३ वर्षजेल बसी ०७१ सालको फागुनमा छुटेका थिए ।

Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment