गलेश्वर शिवालय सहकारीद्वारा धार्मिक स्थलको सरसफाई

गलेश्वर शिवालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले धार्मिक स्थलको प्रचारप्रसार र सामाजिक उत्तरदायित्वका लागि भन्दै शनिबार दुई धार्मिक स्थलको सरफाई गरेको छ । सहकारीको सिद्धान्तहरु मध्ये समुदायप्रतिको चासो र सामाजिक उत्तरदायित्वको बहन गर्दै पिप्ले १ गलेश्वर पारि रहेको गायत्री मन्दिर र  माझफाँट ८ जयलेमा रहेको राम मन्दिरमा सरसफाई तथा खाद्य सामाग्री हस्तान्तरण गरेको हो ।
galeshwor sahakari (1)
खाद्य सामाग्री हस्तान्तरण गर्दै सहकारीका अध्यक्ष प्रेमबहादुर कार्कीले मानवीय सेवा जस्तो सर्वोत्तम धर्म अरु केही पनि नभएको बताए । सहकारीले गायत्री मन्दिरमा २ बोरा चामल, ५ केजि दाल, ३ पोका नुन त्यस्तै राम मन्दिरमा १ बोरा चामल, ५ केजि दाल र ३ पोका नुन हस्तान्तरण गरिएको हो ।
galeshwor sahakari (4)
हाल गायत्री मन्दिरमा ११ जना र राम मन्दिरमा ५ जना साधु सन्त बस्दै आएका छन् । धार्मिक रुपमा ऐतिहाँसिक महत्व बोकेका दुवै धार्मिक स्थल प्रचारप्रसारको अभावमा ओझेलमा परेको भन्दै जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष समेत रहेका कार्कीले सबैले धार्मिक क्षेत्रको प्रचार प्रसार र विकासमा ध्यान दिनु पर्नेमा जोड दिए । उनले भने–“धार्मिक स्थल भनेका हाम्रो साझा सम्पत्ती हुन् त्यसैले सबै जनता र क्षेत्र कसैमा सिमित नरही सबै धार्मिक स्थलको विकासमा ध्यान दिनु पर्छ ।” कार्कीले सबै सहकारीहरु सहकारीको सिद्धान्त अनुसार चल्दै सामाजिक सेवामा समेत सर्पित हुनु पर्नेमा जोड दिए ।
galeshwor sahakari (2)
    सहकारीका कार्य समिति, शेयर सदस्य कर्मचारीहरुले गायत्री मन्दिर, राम मन्दिरको परिसारमा सरसफाई गरेका थिए । सहकारीको सामाजिक उत्तरदायित्वको अभियान अन्तर्गत पवित्र कालीगण्डकी र रघुगंगाको दोभानमा रहेका दुवै मन्दिरको सरसफाई गरिएको सहकारीले जनाएको छ ।
galeshwor sahakari (3)
आगामी दिनमा पनि निरन्तर रुपमा धार्मिक स्थल लगायत अन्य क्षेत्रको सरसफाई अभियानमा निरन्तर लाग्ने सहकारीका प्रबन्ध गोविन्द भण्डारीले बताए । सहकारीले विपद्मा परेको सहकारी शेयर सदस्यहरुलाई समेत विभिन्न समयमा विभिन्न राहतहरु प्रदान गर्दै आईरहेको छ ।
galeshwor sahakari (6)गलेश्वर बजारमा अवस्थित सहकारीले कृषि, बैदेशिक रोजगार, शिक्षा, व्यापार लगायतको क्षेत्रमा लगानी गर्दै चल्ती, मुद्दती, दैनिक बचतमा समेत आकर्षक व्याज प्रदान गर्दै आईरहेको छ ।
galeshwor sahakari (5)

Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment