नेपाललाई चीनको पोल्टामा पुर्‍याएर राम्रो गर्‍यौ मोदी !

मणिशंकर ऐयर
अरुलाई ‘राष्ट्र-विरोधी’ भन्न मन पराउने नरेन्द्र मोदी र सुष्मा स्वराज भारतको उत्तरी सीमा क्षेत्रको सुरक्षा किल्ला भत्काउन सफल भएका छन् । यो किल्ला सैनिक दृष्टिले रणनीतिक छ त्यो भन्दा पनि अझै महत्वपूर्ण नेपालसँगको सौहार्दपूर्ण सम्बन्धका कारण छ किन भने उसले चीनको तुलनामा सँधै भारतसँगको सम्बन्धलाई प्राथमिकता दिँदै आएको छ ।
हुन त स्वाधिनतापछि थुप्रै उतार चढाव बाट गुज्रिएपनि हाम्रो उत्तरी छिमेकीसँग धेरै हद सम्म सौहार्द्धपूर्ण सम्बन्ध कायम रहँदै आएको छ । सात वर्ष लामो संघर्षपछि नेपालको संविधानसभाले सर्वसम्मत संविधान जारी गरेपछि नेपालको सार्वभौमिकता र नेपाली जनताको आधारभूत आर्थिक अधिकारलाई समेत कुण्ठित गर्दै मोदी-स्वराजले देखाएको मुढेवलको भद्धा प्रदर्शनले यो सौहार्द्धतामा गम्भिर क्षति पुगेको छ ।
Mani Shankar Aiyar
हामीले हाम्रा शर्तहरु पुरा नहुन्जेल मतदान गर्न रोक्ने गलत र पक्षपाती ब्यवहार मात्र प्रदर्शन गरेनौं, तराइ मधेशका समस्या समाधान गर्ने नेपाली प्रतिबद्धताका बाबजुद पनि चुनावमा पराजित पक्षहरुसँग मिलेर षडयन्त्र गर्दै नेपालमाथि नाकाबन्दी लाद्न समेत उद्धत रह्यौं जसका कारण चिसो कठ्याङ्गिने समयमा नेपालीहरु अत्यावश्यकीय सामग्री समेत पाउनबाट बन्चित भए ।

५ महिना सम्म नेपाली अर्थतन्त्र झण्डै लङ्गडो जस्तै बन्न पुग्यो, परिणामतः खासगरी पहाडी समुदायका नेपालीहरुमा भारत विरोधी भावना प्रवल बन्न पुग्यो । नेपाली टाइम्सका ओम आस्था राइका अनुसार नेपालले नाकाबन्दीका कारण २ लाख रोजगारी गुमायो, मुद्रास्फिती दोहोरो अंकमा पुग्यो, भूकम्पपछिको पुनः निर्माण पर धकेलियो, र अर्थतन्त्र मुर्झाउन दशकौं लाग्ने गरी थला पर्‍यो ।

Mani Shankar at rajya sava
५६ इन्चको भारतीय कुटनीतिका लागि कस्तो ठूलो विपत्ती ! उल्टै नेपालले मोदी र स्वराजमाथि दवावको पहाड खडा गर्‍यो, नाकाबन्दीले नै चीन र नेपाललाई थप निकट ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको साता ब्यापी भ्रमणका क्रममा हस्ताक्षर भएका १० बुँदे सहमति र समझौता नाकाबन्दीकै समयमा शुरु भएका पहलका परिणाम हुन् । नेपालका चर्चित विश्लेषक कनकमणि दीक्षित लेख्छन्, ‘एका एक चीनसँग कुरा गर्न सम्भव भो!, काठमाडौंलाई बेइजिङ पुग्न एउटा धक्का चाहिएको थियो । भारतले नाकाबन्दी लगाएर त्यो धक्का दियो’ ।
छिमेकीले संविधान प्राप्त गरेको उत्सव मनाउनुको साटो के मोदी-स्वारजले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरी, नेपालीहरुलाई एक्ल्याउँदा र गर्ने समयमा यही सोंचेका थिए ?
के उनीहरुले चिनियाँ राजनीतिक र आर्थिक आरोपण हिमाली क्षेत्र नाघेर तराइ सम्म आइपुगोस् भन्ने चाहेका थिए ? के उनीहरुले बहुलेन सहितका राजमार्गहरु तिब्बती क्षेत्रबाट काठमाडौं मात्र नभएर भारतीय सीमा क्षेत्रमा रहेको लुम्बिनी सम्म पुगुन् भन्ने चाहेका थिए?
के उनीहरुले साँच्चिकै नेपालले हल्दियामाथिको निर्भरता अन्त्य गर्दै तिआयान्जिन बन्दरगाह पुगोस् भन्ने चाहेका थिए?
के उनीहरुले अपेक्षा गरेका थिए कि नेपाल चीनको वान वेल्ट वान रोडको योजनामा समावेश होस् ?
के उनीहरुले चिनियाँ प्रधानमन्त्री शी जिन पिङले भने जस्तो नेपाल भारत र चीनबीचको आर्थिक पुल मानेका थिए ?
अनि के उनीहरुले साँच्चिकै प्रधानमन्त्रीको भ्रमण पुरा हुन नपाउँदै चिनियाँ सेनाको नेपालमा भूमिका बढाउन नेपाली सेनाका प्रमुख सेनापति चीनतर्फ दौडिउन् भन्ने चाहेकै थिए त ?
यदि उनीहरुले यस्तै चाहेका थिए भने उनीहरुको विशाल हृदय र दुरदर्शी बुद्धीमज्ञालाज्ञ धेरै धेरै बधाइ छ । तर यदि उल्लेखित कुरा भारतीय नेपाल नीतिका लक्ष्य थिएनन् भने राष्ट्रवादी भारतीयहरुले राष्ट्रिय स्वार्थमा भएको धोकाको हिसाव किताव गर्नु पर्दैन र ?
नेपालका प्रधानमन्त्रीले दिल्ली भ्रमणमा आउँदा काठमाडौं- दिल्ली सम्बन्धलाई पुनर्निर्माण गर्ने अवसर प्रदान गरेका थिए । दुवै प्रधानमन्त्रीले चर्का हल्लाहरु गरेको भएपनि ओलीले नेपालका प्रधानमन्त्रीले पहिलो विदेश भ्रमण भारतमा गर्ने परंपरा कायम राखे भने भारतको पक्षबाट राजनीतिक वा आर्थिक साझेदारीमा कुनै महत्वपूर्ण कदम चालिएन ।
खासमा सम्बन्ध यति कुहिरिमण्डल भएको थियो कि संयुक्त बकत्ब्य सम्म आउन सकेनः भाारतको कृतग्नताका कारण इतिहासमै पहिलो पटक नेपालको सरकार प्रमुख भारतबाट यस्तो कागजात विना नै विदा हुन पुगे ।


तर त्यसको ठिक विपरित ओलीको चीन भ्रमणमा भएका सम्झौताहरुले नेपालको आर्थिक संवेदनशीलता घटाएका मात्र छैनन् यी सम्झौताहरु सदियौं सम्म सम्झना गरिने छ ।
हामीले हाम्रो प्रभुत्व गुमाएका मात्र छैनौं, सम्र नेपाली पुस्ताको सदभाव समेत गुमाएका छौं ।
सन् २०१४ मा मोदीको नेपाल भ्रमणमा गरिएका प्रचारवाजीलाई समग्रतामा ध्वस्त गर्ने मोदी-स्वराजको यो कदमको आखिर औचित्य के ?
नेपालको तराइ तथा पहाडी भूभागमा बस्ने जनजाति आदिवासी समुदायको भावना संविधानमा समेटिने सुनिश्चितता काठमाडौं भ्यालीबाट खोजिनु महान लाग्न सक्छ । श्रीलंकामा बहुमत सिन्हालीहरुले अल्पमत तमिललाई दवाउन खोज्दा के भयो वा बर्मामा अल्पसंख्यक रोहिन्जाहरुलाई गरिएको ब्यवहारको परिणाम मूल्याङ्कन गर्दा नेपालमा पनि तराइमा बस्ने कतिपय समुदायप्रतिको भावप्रति सचेत हुनु जरुरी छ ।
नेपाली मधेशीसँग रहँदै आएको विहारको रोटी-बेटीको सम्बन्ध जोगाउन पनि हामीले आवश्यक कदम चाल्नु जरुरी छ । नेपालको सार्वभौौमिकताको सम्मान गर्दै भेदभावको परिणामबारे सम्झाउनु उचित नै हो । नेपालको भविष्य सबै नागरिकका लागि समान अधिकारीमा आधारित नै हुनु पर्छ भन्नेमा हाम्रो जोड रहनु पर्छ ।
तर के मोदी-स्वराजको तरिका यसमा सही थियो ? नेपालीहरुलाई विकल्प खोज्न बाध्य पार्ने गरी हामीले कसरी नेपाली सम्म भूभागको पक्षमा अघि बढ्न सक्छौं? दादागिरी होइन नेपालको सार्वभौमिकतामा हस्तक्षेप नगरीकन सभ्य तरिकाले सम्झाएर बरु नेपालसँग भारतको स्वार्थ जोगिन सक्छ ।
हत्तेरी ! तर यो सरकारको डिएनएमा जुन दादागिरी निर्माण भएको देखिन्छ यसले खतरनाक पटाक्षेप गर्छ ।
एनडीटीभीको अनलाइन संस्करणमा प्रकाशित भारतीय राज्य सभामा कांग्रेसका सांसद रहेका मणि शंकरको आलेखको भावानुवाद गरिएको- सम्पादक
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment