म्याग्दीमा पहिलो दिनको एसएलसी परिक्षा शान्तिपुर्ण (फोटो कथा)

बिहिबार देखि सुरू भएको प्रवेशीका (एसएलसी) परिक्षाको पहिलो दिन म्याग्दीका शान्तिपुर्ण तरिकाले सम्पन्न हुदैछ । जिल्लाको सदरमुकाम बेनी र विभिन्न गाविसमा रहेका नौ परिक्षाकेन्द्रमा निर्धारित समयमै परिक्षा सुरू भएको जिल्ला शिक्षा कार्यालय म्याग्दीका विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मीले बेनीअनलाइनलाई बताए । बेनी परिक्षाकेन्द्रमा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारी सहितको टोलीले निरिक्षण गरेका थिए ।
अनुगमन तथा निरिक्षणको क्रममा निर्धारित समयमै सुरू भएको र शान्तपुर्ण तरिकाले सञ्चालन भइरहेको जिशिअ अधिकारीले बताए । परिक्षामा सहभागि भएका विद्यार्थीलाई परिक्षाकेन्द्रमा नियमका बारेमा समेत जानकारी गराइएको थियो । बेनीमा रहेका स्रोतकेन्द्रमध्ये प्रकाश उच्च मावि, बेनी सामुदायिकमा शौचालयका बारेमा परिक्षार्थीलाई पुर्व जानकारी नभएकाले केही असहज भएको देखिएको थियो ।
IMG_7149
IMG_7194
बेनी सामुदायीक उच्च माविमा जनप्रिय उच्च माविकी शान्ति सुवेदी र न्यु वेष्ट प्वाईन्ट आवाशिय उच्च मावि केन्द्रमा गलेश्वर उच्च माविका विज्ञान शिक्षक त्रिबिक्रम सुवेदी केन्द्राध्यक्ष नियुक्त हुनुभएको छ । हेम उच्च मावि शिवाङमा शेरबहादुर केसी, जनप्रिय उच्च दरवाङमा दिवाकर सुवेदी, मंगला उच्च मावि बाबियाचौरमा गमबहादुर केसी, धौलागिरी मावि सिंगामा केशवप्रसाद रेग्मी, प्रकाश उच्च मावि बेनीमा हरिकृष्ण सुवेदी, मुक्तिधाम उच्च माविमा अमरबहादुर केसी र मुक्तिमार्ग उच्च मावि घारमा रामचन्द्र गिरीलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ ।
IMG_7195
IMG_7196
IMG_7197
IMG_7203
IMG_7205
IMG_7210
IMG_7154
IMG_7156
IMG_7158
IMG_7162
IMG_7169
IMG_7175
IMG_7179
IMG_7180
यसवर्ष म्याग्दीका ५८ वटा सामुदायीक, दश वटा निजी, एक वटा खुल्ला र एक वटा प्राबिधिक विद्यालयका दुई हजार ५६३ जना विद्यार्थी एसएलसीमा सहभागि हुने शिक्षा कार्यालयले जनाएको छ । जसमध्ये नियमिततर्फ दुई हजार ३६१ र एक्जाम्टेडतर्फ १०२ जनाको नाम रहेपनि कतिजना अनुपस्थित भए भन्ने बारेमा संख्या संकलन भइरहेको छ ।
IMG_7183
IMG_7187
IMG_7192
IMG_7193
एसएलसीका लागि आवेदन भएका ४८ जना विद्यार्थीको विभिन्न कारणले हाजीरी नपुगेकाले परिक्षामा सहभागि हुनबाट बञ्चित भएका छन् । जिल्लाभरबाट सहभागि विद्यार्थीको मुक्तिधाम उच्च मावि भगवतीमा एकजना दृष्टिविहिन विद्यार्थी परिक्षामा सहभागि भएका छन् । पटकपटक परिक्षा दिदाँ समेत अनुत्र्तिणा भएकाहरू समेत यसपटक खुल्लातर्फबाट सहभागि भएका छन् ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment