पोख्त भए सहकारीका सञ्चालकहरु

राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी सञ्चालकहरुले कर्मचारीको मात्र भरपरेर नभै स्वयं जिम्मेवार बन्नुपर्ने बताएका छन् । जिल्ला सहकारी संघ म्याग्दीले सदरमुकाम बेनीमा आयोजना गरेको दुई दिने सञ्चालकहरुलाई सहकारी व्यवस्थापन तालिमको समापनका क्रममा जिसीले सहकारी संस्थाका सञ्चालकहरु सहकारीको वारेमा सामान्य पनि जानकारी राख्दैनन भने उनीहरुले सञ्चालक पद लिइरहने नैतिक जिम्मेवारीबाट बाहिर हुने भएकाले यस्ता सञ्चालकहरुले ठाउँ मात्र ओगट्न नहुने बताए ।
जिसीले सहकारी सञ्चालन गरेपनि धेरैजसो सञ्चालकहरु जिम्मेवारीबाट पन्छिने गरेको पाइएको बताए । उनले सहकारीका संस्थापक, सञ्चालक, शेयर सदस्य, पदाधिकारी र कार्यसमितिले सहकारी संघसंस्था कर्मचारीहरुको भरमा छोडेर आफूहरु जिम्मेवारीमुक्त भएको ठान्ने गरेको बताएका थिए ।
सञ्चालकहरुले बनाएको नीति नियमलाई मानेर कर्मचारी काम गर्नुपर्ने बताउँदै सहकारीको आर्थिक क्षेत्र, सञ्चालन प्रक्रिया, अवस्थालगायतका विषयमा सञ्चालक जानकार हुनुपर्ने उनको भनाई छ । सहकारी संस्थासंस्थाहरु सहकारीको नीति नियमअनुसार चल्नुपर्ने भन्दै सञ्चालक जिसीले सहकारीले योजना बनाएर काम गर्नुपर्नेमा जोड दिए । 
वित्तीय कारोबार चुस्तदुरुस्त राख्नुपर्ने बताउँदै उनले सहकारीले धेरै आर्थिक विकास गरेको बताएका छन् । आर्थिक विकास विना सामाजिक रुपान्तरण हुन नसक्ने उनको भनाई छ । कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्कीले सहकारीहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका सहकारी सञ्चालकलाई अहिले प्रदान गरिएको तालिमले महत्वपूर्ण हुने भुमिका खेल्ने बताए । 
उनले अब सहकारीले आर्थिक विकास सँगसँगै सामाजिक विकास र रुपान्तरणका कामहरु गर्नुपर्ने बताएका थिए । बुधबार सम्पन्न तालिममा सहकारीको परिचय, इतिहास, सिद्धान्त, मुल्यमान्यता, सञ्चालन प्रक्रिया, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति नियमलगायतका बारेमा सञ्चालक जिसीले सहजीकरण गरेका थिए ।
जिल्लास्थित विभिन्न बचत तथा ऋण एवं बहुउद्देश्यीयलगायतका सहकारी संघसंस्थाका सञ्चालकको सहभागीता रहेको थियो । 
जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्कीको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागिका तर्फबाट डण्डपाणी सापकोटा र देवी केसीले मन्तव्य राखेका थिए भने स्वागत संघकी कोषाध्यक्ष जमुना आचार्यले गरेकी थिइन् । रामबहादुर जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन संघका सहसचिव अमृत बास्कुनेले गरेका थिए ।





Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment