हामीले के गल्ती गरेका थियौ र नाका बन्दी गरेको : प्रचण्ड

Prachanda२० फागुन, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारीलाई सम्बोधन गर्दै खुल्लामञ्चबाटै प्रश्न गरेका छन्- हामीले के गल्ती गरेका थियौं र नेपालमाथि नाकाबन्दी गरेको ?’
नेपाली कांग्रेसको महाधिवेशन उदघाटन समारोहमा सहभागी भएका बीजेपी नेता कोशियारीको नाम लिँदै प्रचण्डले भने- ‘कोशियारीजी बोलेर जान लाग्नुभएको थियो, मैले भनें पख्नोस् तपाईलाई नै सुनाएर मैले केही बोल्नुपर्नेछ, हामीले के गल्ती गरेका थियौं र हामीमाथि नाकाबन्दी गर्नुभयो ?’
प्रचण्डले अब इतिहासमा यस्तो घटना नहोस् भन्दा कोसियारीले ध्यानपूर्वक सुनेका थिए । बेलाबेलामा उनले नमस्कार शैलीमा हात उठाएका थिए ।
नेपाल र भारतवीचको सम्बन्ध कोशियारीले भनेजस्तै अन्योन्याश्रित भए पनि नाकाबन्दीजस्ता घटनाले गर्दा नेपालीको भावनामा चोट पुगेको प्रचण्डले भारतीय नेताहरुलाई बताए ।
आफू र गिरिजाप्रसाद कोइरालाको प्रयासबाट मुलुकमा अहिलेको परिवर्तन सम्भव भएको बताउँदै प्रचण्डले अब नेपाली कांग्रेसले कस्तो नीति अलवम्बन गर्छ भन्ने आफूले चासोका साथ हेरिरहेको प्रचण्डले बताए ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment