काँग्रेसको चुनाब प्रचार

- प्रबिन कुलुङ राई

काठमाडौँ, २१ फागुन । भृकुटीमण्डपको प्रदर्शनी हलमा शुक्रबारदेखी नेपाली काँग्रेसको १३औँ महाधिवेशनको बन्द सुरु भएको छ । भित्र बन्द शत्र चलिरहदा बाहिर प्रदर्शनी मार्गमा उम्मेदवारको प्रचारप्रसार तीव्र छ । समर्थकहरु आ–आफ्ना नेतालाई जिताउन प्रचारमा व्यास्त छन् ।
महाधिवेशनमा पार्टी सभापति, पदाधिकारी र केन्द्रीय सदस्यका प्रत्याशीका समर्थक नेता–कार्यकर्ताले दोस्रो दिन शुक्रबार प्रदर्शनी मार्गमा उनीहरुको पोष्टर, प्लेसबोर्ड  र तुल सहित विभिन्न नाराबाजी गर्दै आफ्ना नेताको पक्षमा मत मागिरहेका देखिन्थे । शुक्रबार बिहान भृकुटीमण्डपको प्रदर्शनी हलको मुख्य गेट उम्मेदवारहरुको पोष्टर र प्लेसबोर्डले सजिसजाउ थियो ।
शुक्रबार बिहान भृकुटीमण्डपको प्रदर्शनी हलको मुख्य गेट उम्मेदवारहरुको पोष्टर र फ्लेसले सजिसजाउ थियो । सभापतिका मुख्य प्रतिस्पर्धी सभापतिमा रामचन्द्र पौडेल र शेरबहादुर देउवाको ठुला पोष्टरहरु टालिएका थिए । तर अर्का प्रतिस्पर्धी कृष्णप्रसाद सिटौला र गगन थापाको भने प्रचार सामग्री टासिएको थिएन ।
nepali congress general convention (7)
केहीले सामूहिक रुपमा आफ्नो समूहका नेताको प्रचारबाजी गरिरहेका थिए । पार्टी सभापति, महामन्त्री र कोषाध्यक्षका तीन वटै उम्मेदवार तथा केन्द्रीय सदस्यका प्रत्याशीको ठूला तस्बिर र फ्लेक्स ब्यानरसहित प्रचार उनीहरुले गरिरहेका थिए । पद्मोदय मोडदेखि राष्ट्रियसभागृहसम्मको सडकमा उम्मेदवारको पर्चा, पम्प्लेट र काँग्रेसी नेता कार्यकर्ताको भिड देखिन्थ्यो । केहीले भने सामूहिक रुपमा छलफल गर्दै वातावरण आफ्नो पक्षमा बनाउने प्रयास गरिरहेका थिए ।
बन्द सत्रस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनीस्थल र फनपार्क छिर्ने मुख्य प्रवेशद्वारमा विशेष कडाइ गरिएको छ । त्यहाँ महाधिवेशन प्रतिनिधि र सञ्चारकर्मीलाई मात्र प्रवेश गर्न दिइए पनि बन्दसत्रमा भने महाधिवेशन प्रतिनिधि र विशेष परिचयपत्र भएकालाई मात्र प्रवेश गर्न दिइएको छ ।
nepali congress general convention (1)
nepali congress general convention (2)
nepali congress general convention (3)
nepali congress general convention (4)
nepali congress general convention (5)
nepali congress general convention (8)
nepali congress general convention (9)
nepali congress general convention (10)
nepali congress general convention (11)nepali congress general convention (12)
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment