घरविदाबाट कार्यालय र्फकने चारजना कर्मचारी परे

मुस्ताङका नापी अधिकृत खिमलाल गौतम बुधबार बिहान पोखराबाट तारा एयरमा जोमसोम जाने तयारीमा थिए । तर, उनलाई एकाएक मोटरसाइकलमा जाने झ्वाँक चल्यो । र, उनी मंगलबारै मोटरसाइकल चढेर जोमसोम पुगे । आफू जोमसोम पुगे पनि गौतमले नापी कार्यालयका केही सामान भने बुधबार बिहानको तारा एयरबाट ल्याउने प्रवन्ध गरेका थिए, विमान बेपत्ता भएसँगै नापी कार्यालयको सामान अहिले बेपत्ता भएको छ ।
भीमदल गण मुस्ताङमा कार्यरत सैनिक राजकुमार तामाङ काठमाडौंमा रहेका आफ्ना छोराको पास्नीका लागि नापी अधिकृत गौतमसँगै काठमाडौं पुगेर जोमसोम र्फकँदै थिए । तर, उनी मोटरसाइकलमा नभई बुधबार बिहानको तारा एयरमा चढे । मुस्ताङ जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा रेवती बराल पनि बुधबार विहान तारा एयरमार्फत जोमसोम र्फकंदै थिए ।
पोखराको मासवार घर भएका बराल घरविदामा आएर कार्यालय फर्केका हुन् । मुस्ताङको कोष तथा लेखा नियन्त्रण कार्यालयका कर्मचारी बालकृष्ण न्यूरे पनि बुधबारकै तारा एयरमा चढेका थिए । बाग्लुङ घर भएका उनी पनि घरबाट आफ्नो कार्यक्षेत्रमा जाँदै थिए । स्थानीय मुक्तिनाथ गाविसका सचिव मुक्तिनाथ बास्तोला पनि बुधबार बिहान यति एयरको विमान चढेर पोखराबाट जोमसोमका लागि उडेका थिए । उनी पोखराको फूलबारी निवासी हुन् । पोखरा-जोमसोम हवाइ मार्ग हिमालपारिको जिल्ला मुस्ताङमा कार्यरत सरकारी कर्मचारीहरुको आवत-जावत गर्ने मुख्य गन्तव्य मानिन्छ ।
मुस्ताङमा अधिकांश सरकारी कर्मचारीहरु बाहिरी जिल्लाबाट जाने गर्दछन् । बुधबार तारा एयरमा सेना र निजामति कर्मचारीहरुको उल्लेख्य उपस्थिति थियो । अहिलेसम्मको प्राप्त तथ्यांक अनुसार विमानमा सिडियो कार्यालयका नायव सुब्बादेखि सैनिकसम्म गरी ४ जना सरकारी कर्मचारी सवार रहेको पाइएको छ । सरकारी कर्मचारीबाहेक मुस्ताङका स्थानीय नागरिक, व्यापारी तथा मुक्तिनाथ घुम्न जानेहरुको पनि यो रुटबाट आवत-जावत हुने गर्छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment