नेपाली काँग्रेसको सभापतिमा गर्वुजा

नेपाली काँग्रेस म्याग्दीको सभापतिमा युवा नेता खमबहादुर गर्बुजा (खम्बिर) निर्वाचित भएका छन् । जिल्ला अधिवेशन मार्फत नयाँ नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनको मंगलबार बिहान सम्पन्न मतगणना अनुसार २५७ मत प्राप्त गरेर म्याग्दीको दग्नाम गाविस घर भएका गर्बुजा सभापतिमा निर्वाचित भएको हुन । गर्बुजाका प्रतिस्पर्धी नेत्रबहादुर महतले १२६ मत प्राप्त गरेका थिए । सभापतीमा बिजयी भएका पार्टीको निवर्तमान उपसभापती समेत रहेक गर्वुजा दोस्रो संविधान सभा निर्वाचनमा प्रत्येक्ष तर्फको उम्मेदवार बनी दोस्रो स्थानमा आएका थिए ।khambir

४०५ जना मतदाता रहेकोमा ३८९ मत खसेको थियो । यसैगरी सचिवमा हरिकुमार श्रेष्ठले १८६ र कोषाध्यक्षमा टंक हमालले २०५ मत ल्याएर बिजयी भएको निर्वाचन समितिका सदस्य सागरजिवी उपाध्यायले जानकारी दिए । सचिवका प्रत्यासी अजयमिलन श्रेष्ठले १८२ र कोषाध्यक्षका प्रत्यासी अमृतकुमार श्रेष्ठले १६४ मत प्राप्त गरेका थिए । जिल्ला कार्यसमितिको खुल्ला सदस्यतर्फ ओम छन्त्याल (२४४), कर्णबहादुर भण्डारी (केबी) (२४९), मिनबहादुर कार्की (२१७) र माधवप्रसाद रेग्मी (२००) मत ल्याएर बिजयी भएका छन । यसैगरी अल्पसंख्यकतर्फ कमल छन्त्याल (२५१) र दलित तर्फ मनकुमारी बिक (१९५) मत प्राप्त गरि निर्वाचित भए ।
महिलातर्फबाट अमृतादेवी बानिया, यमकुमारी गर्बुजा र सावीत्री बरुवाल तथा जनजाती सदस्यमा रेकबहादुर पुन जिल्ला सदस्यमा निर्वीरोध निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिहरुमा खुल्ला तर्फबाट रेशमबहादुर बानिया (२४५), चिरञ्जिवी शर्मा (२१८), मुकुन छन्त्याल (१९२), तमबहादुर थापा (१८६), जितेन्द्र पुन (१५९) र भरत बहादुर रकालले (१६०) मत प्राप्त गरि निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिमा महिलातर्फ बिमला गौचन (२३७) र सुमित्रा गर्बुजा (१७६), जनजातीतर्फ डमबहादुर गर्बुजा (२०५), अल्पसंख्यकमा धनबहादुर छन्त्याल (१४४) र दलिततर्फ बिरबहादुर बिक (कमल)ले (१६२) मत प्राप्त गरि निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । माघ २५ गते सुरु भएको छैठौ जिल्ला अधिवेशन पार्टी सभापति शुशिल कोईरालाको निधनपछि स्थगित गरि सोमबार निर्वाचन भएको हो । यसैविच महासमिति सदस्य चयन भने मंगलबार दिउँसो ११ बजेपछि हुने र पदहस्तान्तरण समेत सोही कार्यक्रममा हुने बताईएको छ । 
म्याग्दीअनलाइनबाट साभार गरिएको
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment