आर्थिक सामाजिक रुपान्तरणका लागि सहकारी आवश्यक : राष्ट्रपति भण्डारी

सहकारी बैंकले १३ प्रतिशत मुनाफा दिने

Displaying IMG_5536.JPG
Displaying IMG_5536.JPG
राष्ट्रपति विद्यादेवी भण्डारीले मुुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि सहकारी क्षेत्र अत्यन्तै उपयोगी र भरपर्दो भएकाले यसको सम्वद्र्धनमा लाग्नु पर्नेमा जोड दिनु भएको छ ।
  राष्ट्रिय सहकारी बैंक लिमिटेडको १२ औं वार्षिक साधारणसभाको शनिवार काठमाडौंमा उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
विपन्न ग्रामिण र पिछडिएको क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि सहकारी शसक्त माध्यम भएकाले यसबाट रोजगारी सिर्जना गर्ने, घरेलु उद्योग, पशुपालन र उत्पादन क्षेत्रमा प्रगति गर्न सकिने उहाँको भनाइ थियो ।  सहकारीको माध्यमबाट अगाडि बढेर देशको आर्थिक विकास र सर्वसाधारणको जीवनस्सकिने तर माथि उठाउन सकिने भएकाले यसको विकासका लागि सबैको ध्यान पुग्नु पर्नेमा उहाँको जोड थियो । स्थानीन स्रोत र साधनको समुचित परिचालन गरी कृषि र वन क्षेत्रको विकास गरी जनताको आर्थिक उन्नती मार्फत परनिर्भरता हटाउनका लागि सहकारी क्षेत्रको परिचालन आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा उपप्रधानमन्त्र सी.पी.मैनालीले मुलुकको समग्र विकासका लागि सहकारी क्षेत्रलाई प्रभावकारी बनाउन सरकार गंभिरताका लागि लागि परेको बताउनुभयो ।
  राष्ट्रिय सहकारी संघ लिमिटेडका अध्यक्ष केशव बडालले सहकारी क्षेत्र मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणको महत्वपूर्ण जग भएकाले यसको व्यवस्थापनका लागि राज्यले सहकारी मैत्री नीति बनाउनु पर्नेमा जोड दिनुभयो । सरकारले अभियानसंग समन्वय गरी अगाडि बढाएको सहकारी ऐनको मस्यौदा परिमार्जन गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
  कार्यक्रममा सांसद पशुपति चौलागाई, सांसद ओमदेवी मल्ल जोशी, राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष दिपकप्रकाश बास्कोटा, नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जिवी नेपाल,  सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी, सहकारी विभागका रजिष्ट्रार  काशिराम मरासिनी,  बैंकका सल्लाहकार धर्मदत्त देवकोटा, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रम बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षता, प्रवन्ध सञ्चालक के.बी उप्रेतीको सञ्चालन र सञ्चालक रामहरि बझगाइको स्वागतमा सम्पन्न भएको थियो ।
  सो अवसरमा उत्कृष्ट कार्य गर्ने ८ वटा सहकारी संघ संस्थालाई सम्मान गरिएको थियो  । यस्तै सहकारी क्षेत्रमा विद्यावारिधी गर्ने विश्वमोहन आचार्यलाई सम्मान गरिएको थियो ।
यस्तै साधारणसभाको बन्दसत्रले विभिन्न समसामयिक निर्णयहरु पारित गरेको छ ।
१) सञ्चालक समितिका तर्फबाट अध्यक्ष रमेशप्रसाद पोखरेलले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको छ ।
२) सञ्चालक समितिका तर्फबाट प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले प्रस्तुत गरेको नीति, कार्यक्रम तथा आर्थिक प्रतिवेदन पारित
   भएको छ ।
३) लेखा समितिका तर्फबाट प्रस्तुत प्रतिवेदन पारित भएको छ ।
४) नेपालको संविधान भावना र तीन खम्बे अर्थनीतिलाई प्राथमिकता दिने र सहकारीको मूल्य, मान्यता र सिद्धान्त एवं अन्तर्राष्ट्रिय अनुभव र नेपालको वर्तमान सहकारीको भावना अनुरुपको सहकारी ऐन निर्माणका लागि सम्बन्धित निकायसंग जोडदार माग गर्ने निर्णय पारित भयो ।
५) राष्ट्रिय सहकारी बैक समेतको संलग्नतामा राष्ट्रिय सहकारी संघ लि.नेपालबाट सहकारी ऐनको मस्यौदामा दिएको सुझावको कार्यान्वयनका लागि नेपाल सरकार एवं सम्बन्धित निकायसंग जोडदार माग गर्ने निर्णय पारित भयो ।
६) आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने कार्यमा व्यवसायिक क्षेत्रको पहिचान गरि लगानी वृद्धि गर्ने योजनाका लागि सरकारसंग माग गर्ने निर्णय पारित भयो ।
७) बैंकले प्रदान गर्दै आएको विभिन्न क्षेत्रत्रको सुविधा यथावत राखी थप व्यवस्थापन गर्ने निर्णय गरियो ।
८) राज्यका विभिन्न कोषहरुबाट सहकारी क्षेत्रमा जाने रकमलाई एकीकृत रुपमा सबै सहकारी संघ संस्थाहरुको बैंकका रुपमा स्थापना भएको सहकारी बैंक मार्फत लैजान सरकारसंग साधारणसभाले माग गरेको छ ।
९) सहकारी क्षेत्रमा लगाइदै आएको कर सहकारी ऐन नियम र अन्य ऐन नियमावलीको अन्यौलतालाई मध्यनजर गरी सहकारी मार्फत उद्योग, व्यवसाय, सञ्चालनमा सहजताका साथै सहकारी मैत्री कर प्रणाली लागु गर्न नेपाल सरकारसंग माग गर्ने निर्णय गरियो ।
१०) आ.व.२०७१÷०७२ को कारोबाट सदस्य संघसंस्थाहरुलाई १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरियो ।

बैंकको संक्षिप्त परिचय  र वर्तमान अवस्था ः
नेपालमा स्थापना भएका सम्पूर्ण सहकारी संघ÷संस्थाहरूको प्रवद्र्धन, विकास एवं तिनिहरूको वित्तीय आवश्यकतालाई पुरा गरी ती संघ÷संस्थाहरूलाई बैकिङ्ग सेवामा पहँुच दिन तथा अन्य वित्तीय सेवा सुविधाहरू उपलब्ध गराई सहकारी क्षेत्रलाई सहयोग पु¥याउने उद्देश्यले २०६० आषाढ २५ गते दर्ता भएको सहकारी क्षेत्रको एक मात्र बैंक हो । यस बैंकले आफ्ना सदस्य सहकारी संघ÷संस्थाहरू बीच २०६१ साउन १९ गतेदेखि कारोवार गर्दैआएको छ । बैंकलाई २०६७ साउन १० गते नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ्ग कारोवार गर्न स्वीकृति प्राप्त भएको छ । बैंकमा नेपाल सरकार, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी संघ लिमिटेड, केन्द्रीय सहकारी संघहरू, बिभिन्न जिल्ला सहकारी संघहरू, बिषयगत जिल्ला सहकारी संघहरू, विभिन्न प्रकृतिका प्रारम्भिक सहकारी संस्थाहरूसमेत देशभरका ८ हजार सहकारी संघ संस्था शेयर सदस्य रहेका छन् । बैंकमा हालसम्म नेपाल सरकारको १ करोड सहित बैंकको शेयर रकम ७१ करोड लाख ९२ हजार ३२, निक्षेप १० अर्ब तथा कर्जा ५ अर्ब १५ करोड रहेको छ ।
बैंकका हालसम्म ३७ शाखा कार्यालयहरू स्थापना भइसकेका छन्  संभाव्यता अध्ययन गरी थप शाखा कार्यालय सञ्चालन गरिने छ । ग्रामीण क्षेत्रमा समेत कारोवारको पहुँच पुग्ने गरी शाखा विस्तार गर्दै लैजाने बैंकको नीति अनुरुप हाल दुर्गम जिल्लाहरूमा पनि थप शाखा कार्यालय स्थापनाका निमित्त नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनका लागि प्रक्रिया अगाडि बढाइएको छ ।
राष्ट्रिय सहकारी बैंक लि
१२ वार्षिक साधारणसभामा सम्मानित हुने संघ संस्थाहरुको नामावली
१. नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लि. झापा, पूर्वाञ्चल
२. सञ्जिवनी बचत तथा ऋण सहकारी संस्था लि. मकवानपुर, मध्यमाञ्चल
३. लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि. रुपन्देही, पश्चिमाञ्चल
४. सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि. दाङ, मध्यपश्चिमा ञ्चल
५. किसान जागरण बचत तथा ऋण सहकारी संस्था लि. कञ्चनपुर, सुदुरपश्चिमाञ्चल
६. सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्था लि. उपत्यका
७. महिला बचत तथा ऋण सहकारी संस्था लि. सुनसरी, महिला
८. बागलुङ दुग्ध उत्पादक सहकारी संघ लि. बागलुङ उत्पादन
यस्तै सम्मानित हुने व्यक्तिहरुमा
१. ओमप्रकाश शर्मा (मरणोपरान्त) पूर्व लेखा समिति संयोजक
२. राजेशहरि जोशी, पूर्व अध्यक्ष
३. गोविन्दबहादुर मल्ल, संस्थापक सञ्चालक
४. विश्वमोहन आचार्य, खोज अनुसन्धान तथा सहकारी विद्यावारिधी
५. उत्कृष्ट शाखा ः दमक शाखा झापा
पुरस्कृत
६. उत्कृष्ट कर्मचारी ः नविन पौडेल, केन्द्रीय कार्यालय, सूचना, सञ्चार तथा प्रकाशन विभाग
मिति ः २०७२ फागुन १५

Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment