नारच्याङ पहिरोमा परि हराएका पाँच जना सम्पर्कमा

अन्नपूर्ण र निलगिरी हिमालको बिचमा पर्ने म्याग्दीको नारच्याङ गाविस १ स्थित अन्नपूर्ण साउथ हिमालको फेदीमा पर्ने घलेम्दीमा भिषण सुख्खा पहिरो जाँदा हराएका पाँच जना सर्वसाधारण मंगलबार अपराहन्न सम्र्पकमा आएका छन् ।
सोमबार दिउँसो निगालो काट्न गएर राती पहिरो गएको क्षेत्रमै बास बसेका नारच्याङ ५ लेकगाउँका टकबहादुर थजाली, शेरबहादुर थजाली, डिलबहादुर थजाली, ६ का हुकुम पुन र ४ का टरबहादुर फगामी धुलोका कारण हराएका थिए ।
उनिहरुको खोजीमा गएको स्थानीयबासीको टोलीले सकुशल फेला पारेको घलेम्दी जलविद्युत आयोजनाका इन्जीयनिर बिष्णु थापाले जानकारी दिए ।
गतराती १२ बजेदेखि सुरु भएको पहिरो जाने क्रम अझै रोकीएको छैन् । पहिरोबाट निस्कीएको धुलोले नारच्याङ, दाना, भुरुङ तातोपानी, शिख, घार र दोवा गाविसको जनजिवन प्रभावित बनेको छ ।
पहिरो गएको ठाउँ वरपर धुलोले हिडडुल गर्न समस्या भएको छ । उद्धार र पहिरोको निरीक्षण गर्न गएको प्रहरी र नेपाली सेनाको टोली बाटो नहुँदा सम्बन्धित ठाउँमा पुग्न नसकेको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताए ।
himal
सिमा प्रहरी चौकी भुरुङ तातोपानी, दाना प्रहरी चौकी र नेपाली सेनाको नारच्याङ स्थित बेस क्याम्पबाट पहिरो गएको क्षेत्रमा जान हिडेको टोली निर्माणाधिन घलेम्दी जलविद्युत आयोजनाको बाँधमा पुगेर रोकीएको छ ।
रातीदेखि निरन्तर पहिरो गैरहेको र धुलोले छिमेकको घर पनि देख्न नसकिने अवस्था रहेको नारच्याङ स्थित प्रभा माविका प्रअ तेजबहादुर गुरुङले जानकारी दिए ।
धुलोका कारण सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । विद्यालयको पठनपाठन प्रभावित बनेको छ । घलेम्दी जलविद्युत आयोजनाका कामदारहरु रातीनै क्याम्प छाडेर नारच्याङ लेकगाउँमा गएर बसेका छन् ।
एक दिनका लागि आयोजनाको काम रोकीएको छ । प्रअ गुरुङका अनुसार उक्त स्थानमा करिब ४० वर्ष पहिले गएको पहिरोमा संयौ भेडाबाख्रा र गोठालाहरु पुरीएका थिए । हिमालको फेदीमा रहेको घटनास्थलमा मानव वस्ती छैन् । पहिरो गएको ठाउँ घलेम्दी खोलाको मुहानमा पर्छ ।
पहिरो गएलगत्तै राती केही समय घलेम्दीखोला थुनिएको थियो । अहिले घलेम्दीखोलामा सामान्य रुपमा बाक्लो लेदो सहितको पानी बगीरहेको नारच्याङ गाविसका सचिव दिर्घप्रसाद गौतमले बताए । गत बैशाखमा गएको भुकम्पका कारण चर्कीएको र खलबलीएको पहाडमा पहिरो गएको हुन सक्ने जिल्ला भुसंरक्षण अधिकृत दिवाकर पौडेलले बताए ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment