टोड्के महोत्सबको तयारी तिब्र


फागुन २५ देखि २९ सम्म सञ्चालन हुन लागेको दोस्रो टोड्के महोत्सवको तयारीका लागि स्थानीय बासिन्दा पुर्वाधार निर्माणमा जुटेका छन् । महोत्सव मुल आयोजक टोड्के क्षेत्र विकास कोष, युवा कल्व, आमा समूह र स्थानीय बासिन्दाहरुले पदमार्ग मर्मत, सरसफाई, खेलमैदान निर्माण, मञ्च, महापुराण प्रवचन स्थल लगायतका पुर्वाधार निर्माण गरेका हुन् ।
Todke Festival (1)
कुहु ३ र ४ को देउराली युवा कल्व र मनकामना युवा कल्वको नेतृत्वमा दुई सय जनाले श्रमदान गरेर शनिबार महोत्सव एवं शिवपुराण स्थलमा विभिन्न पुर्वाधार निर्माण गरेका महोत्सव मुल आयोजक समितिका एकजित रोकाले जानकारी दिनुभयो ।म्याग्दीको कुहुँ, झिँ, पात्लेखेत गाविस र बेनी नगरपालीकाको पुलाचौरको सिमा क्षेत्रमा पहाडको टाकुरामा फैलीएको टोड्के क्षेत्रको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले फागुन २५ देखि २९ सम्म दोस्रो टोड्के महोत्व आयोजना गरिएको छ । सन्तोष गौतम
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment