काँग्रेस म्याग्दीको मतदान सकियो

नेपाली काँग्रेस म्याग्दीको नयाँ नेतृत्व चयनको लागि आज भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ । पार्टी सभापती शुसील कोईरालाको निधनपछि स्थगित भएको छैठौँ जिल्ला अधिवेसनको निर्वाचन प्रकृया आज पुनः सुरु गरिएको थियो ।
 नयाँ नेतृत्व चयनको लागि कुल ४ सय ५ जना प्रतिनिधिहरुमध्ये ३ सय ८९ जनाले  मतदानमा सहभागिता जनाएको निर्वाचन समितिले जनाएको छ । विहान ९ बजेदेखि सूरु भएको मतदान दिउँसो सबा दुई बजे सम्पन्न भएको निर्वाचन अधिकृत अर्जुन प्रंसाद चौलागाईले जानकारी दिनुभयो । आज दिउँसो ४ बजेदेखि नै मतगणना सुरु गरिने र आजै मतपरीणाम सार्वजनिक गर्ने तयारी भईरहेको निर्वाचन अधिकृत चौलागाईले बताउनुभयो । 
cn matdan
नयाँ नेतृत्वको लागि सभापती पदको लागि संस्थापद पक्षबाट निवर्तमान उपसभापती खमबहादुर गर्वुजा (खमवीर)  र देउवापक्षबाट महासमिति सदस्य नेत्र महत विच कडा प्रतिस्पर्धा भएको छ । त्यसैगरि १२ जना महाधिवेसन प्रतिनिधिमा महिलातर्फ दुई जनाको पदमा ६ जना, जनजातीतर्फ एक जनाको पदमा २ जना, अल्पसंख्यक तर्फ १ जनाको पदमा ४ जना, दलित तर्फ एक जनाको पदमा ३ जना र खुलातर्फ ६ जनाको पदमा  १९ जना गरि कुल ३४ जनाविचमा मतदान भएको  छ । 
त्यस्तै जिल्ला कार्य समितितर्फ निर्वाचित सचिव पदमा दुई जना, कोषाध्यक्षमा दुई जना र चार जना खुला सदस्य पदमा १२ जनाविच मतदान भएको छ । त्यसैगरी जिल्ला सदस्य पदमै अल्पसंख्यक एक जनाको पदमा दुई जना र दलित तर्फ १ जनाको पदमा तिन जनाविचमा मतदान भएको अधिवेसन निर्वाचन समितिले जनाएको छ । 
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment