बेलायती राजकुमार हृयारी चैत ७ गते नेपाल आउने

Prince-Harry-1
१३ फागुन, काठमाडौं । बेलायती राजकुमार फि्रन्स हृयारी अर्को महिना पहिलो नेपाल भ्रमणमा आउने भएका छन् ।
हृयारी नेपाल आउने यो वर्षको सुरुमा नै जानकारी दिइएको थियो । तर, मिति भने बिहीबार घोषणा भएको हो ।
राजकुमार हृयारीले मार्च २० देखि २३ सम्म नेपालको भ्रमण गर्ने तय भएको किङ्सटन प्यालेसले जनाएको छ ।
नेपाल भ्रमणका क्रममा हृयारीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने तय भएको छ । साथै उनले भूकम्प पीडितहरुलाई भेट्ने र उनीहरुको अवस्थाबारे जानकारी लिनेछन् ।
साथै उनले पोखरास्थित बि्रटिस गोर्खा क्याम्पको भ्रमण गर्नेछन् । त्यस क्रममा उनले भूकम्प प्रभावित पूर्व गोर्खा सैनिकहरुको अवस्थाबारे समेत जानकारी लिनेछन् ।
साथै उनले एक नेशनल पार्कको भ्रमण गर्ने र ट्रेकिङ समेत जाने छन् । किङ्सटन प्यालेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, नेपाल भ्रमण गर्ने अरुले जस्तै राजकुमार हृयारी पनि प्राकृतिक सुन्दरताको आनन्द लिन उत्सुक छन् ।’
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment