म्याग्दीबाट तेक्वान्दो खेलाडीको विदाई

 
पोखरामा शनिबार देखि सुरु हुने एसियन तेक्वान्दो प्रतियोगिताको लागि जाने टोलिको जिल्ला खेलकुद विकास समिति म्याग्दीले एक कार्यक्रमका साथ शनिबार बिदाई गरेको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शोभन श्रेष्ठ, कार्यालय सचिव दानबहादुर राई, तेक्वान्दो प्रशिक्षक कर्ण प्रधान लगायतको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागि हुन जाने ९ जना खेलाडी र २ जना अफिसियल सहित १० जनाको विदाई गरिएको हो ।
जिल्ला खेलकुद विकास समितिका अमृत बास्कुनेले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष विश्वकर्माले १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा म्याग्दी जिल्लाले ५ वटा मेडल जितेको र यस्ता इतिहासलाई दोहो¥याउनका लागि खेलाडीहरुलाई मेहनत र अनुशासन सहित आफ्नो कला प्रस्तुत गर्नु पर्ने बताएका थिए । उनले खेलाडीलाई म्याग्दीले धेरै मायाँ र सम्मान गर्ने भएकाले खेलले म्याग्दीलाई थप माथि पु¥याउनका लागि खेलाडीले मेहनत सहित राम्रो प्रदर्शन गर्नु पर्नेमा जोड दिएका थिए ।
प्रतियोगितामा साजन परियार, अधिराज पौडेल, सुरेश के.सी., आशिष भुजेल, विकास नेपाली, राजकुमार परियार, सुरेन्द्र बर्देवा, सन्तोष परियार, मिलन तामाङ र प्रशिक्षक कर्ण प्रधान सहभागी हुनका लागि शुक्रबार पोखरा प्रस्थान गरेका छन् ।








Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment