लोकताराको पहिलो चरणमा छानिए ३६ जना

धौलागिरी लोकतारा २०७२ को पहिलो चरणको अडिसन बाट ३६ जना छानिएका छन् । लुकेर रहेका प्रतिभाहरुलाई बाहिर उजागर गर्ने उद्देश्य सहित आयोजना गरीएको धौलागिरी लोकतारामा पाँच दर्जन भन्दा बढीले सहभागिता जनाएका थिए । पहिलो चरणमा पर्वत, बागलुङ र म्याग्दीमा भएको अडिसनबाट उत्कृष्ट ३६ जना दोश्रो चरणमा प्रवेश गरेको धौलागिरी लोकताराका मुल आयोजक म्याग्दी रमाइलो साँझका प्रोपाइटर ध्रुव जिसीले बताए ।
पहिलो चरणमा पर्वतमा भएको अडिसनबाट पर्वत बनौकी मायाँ पुन, रायडाँडा बागलुङका भिम बिक, खुर्कोट पर्वतका कृष्ण नेपाली, दुर्लुङ पर्वतका तीलकबहादुर क्षेत्री, खानीगाउँ फलेबासका इन्दुकुमार भट्ट चयन भएका छन् । त्यसैगरी बागलुङ अडीसनबाट रामरेखाका आकाश खत्री, सिगानाका मेनुका थापामगर, पाङ पर्वतका अमृत चापागाइँ, मालिका बागलुङका विकेन्द्र नेपाली, भकुण्डेकी हरिकला थापा, गलकोटकी परि पुन, अर्जम म्याग्दीकी सावित्रि थापा, अमलाचौरका सुशिल पौडेल, बाजुङ पर्वतका गान्धी शर्मा चयन भएका छन् ।
त्यसैगरी म्याग्दी अडिसनबाट रुमकी तारादेवी पुन, दिच्यामका लोकप्रसाद गर्बुजा, बेनपाकी रेशी खड्का, पर्वतका प्रविन पुर्जा, अर्मनका बिकास फगामी, कुहुँकी सविता लामिछाने, गौश्वाराका दिपेन थापा, लेते मुस्ताङकी सरला परियार, पर्वत धाइरीङका फमबहादुर फगामी, कुहुका शक्ति छिनाल चयन भएका छन् । त्यसैगरी चिमखोलाकी मनमायाँ घर्ती, बाँसखर्क पर्वतकी दिपीका विश्वकर्मा, बाबियाचौर म्याग्दीका नविन पुन मगर, बुङ्गादोभान बागलुङका विवेक छन्त्याल, बेनपाका रमेश परियार, अर्मनकी दिलमायाँ थापा, राखुकी प्रजु बिश्वकर्मा, भकिम्लिकी अमृता जुग्जाली, दग्नामकी मायाँ बिश्वकर्मा र ठाडाखानीकी सिता बिक चयन भएका छन् ।
धौलागिरी लोकताराको मुख्य प्रायोजक नमस्ते नेपाल हातेमालो सामाजिक संस्था रहेको छ भने मुल आयोजक म्याग्दी रमाइलो साँझ बेनी रहेको छ । म्याग्दी कलाको उर्वर भुमि भएकाले यहाँको कलालाई उजागर गर्नका लागि आफूहरुले यस्तो कार्यक्रम आयोजना गरेको आयोजक संस्था रमाइलो साँझका ध्रुव जिसीले बताएका छन् । 
धौलागिरी लोकताराको अडिसन माघ १५ गते पर्वतबाट सुरु भएको हो भने फाइनल बेनीमा आगामी माघ २३ गते हुने छ ।


Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment