दानामा भएको जहाज दुर्घटनाका सब पोखरा लगियो

१३ फागुन, पोखरा । बुधबार म्याग्दीको दाना गाविसस्थित केकरबुट्टामा तारा एयरको विमान दुर्घटना हुँदा मृत्यु भएकाहरुको शव बिहीबार पोखरा ल्याइएको छ ।
पहिचान खुलेका तीन जनाको शव मुस्ताङ पुर्‍याइएको छ । अन्यको पोखरा ल्याउन सुरू भएको छ । एयर डाइनेस्टीको हेलिकप्टरमार्फत मृतक यात्रुको शव बिहीबार दिउँसो पोखरा ल्याइएको हो ।
पोखरा ल्याइएको शव मध्ये मासवारका रेवती वरालको शव पहिचान भएको छ । उनको पोष्टमार्टमपछि पोखराबाटै आफन्तलाई शव बुझाउने तयारी गरिएको छ ।
काठमाडौंकी विनता भट्टचन र उनको नावालक छोराको पनि शव पहिचान भएको छ । उनीहरुको पनि पोष्टमार्टम पछि आफन्तलाई शव बुझाईने प्रशासनले जनाएको छ ।
Death-Body-1
अन्य शव पहिचान हुन बाँकी रहेको र केहीको शव ल्याउने क्रम चलिरहेको बरिष्ठ प्रहरी उपरिक्षक महेन्द्रकुमार पोखरेलले जानकारी दिए ।
बुधबार बिहानै भएको दुर्घटनामा दुई विदेशी र दुई शिशुसहित २३ जना सवार तारा एयरको विमान दुर्घटना भएको थियो ।
दुर्घटना बिहानै भएपनि दिउँसो १ बजेमात्रै घटनास्थलको पहिचान भएको थियो । तर, विकट भौगोलिक परिवेश र खराव मौसमका कारण उद्धारकार्यमा ढिलाई भएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment