३४औं मगर दिवस

प्रताप बानियाँ 
म्याग्दी, म्याग्दी जिल्लामा बसोबास गर्दै आएका मगर समुदायले शनिबार आफ्नो ३४औं मगर दिवस हर्षोल्लासका साथ मनाएका छन् । जातिय भेषभूषामा सजिएका मगर पुस्ताका बालबालिकादेखि वृद्धवृद्धाहरुले सोरठी, पुख्र्यौली, सालैजो, यानीमाया, ख्याली भाकाका साथै विभिन्न लोकगीत र नृत्यहरुमा छमछमी नाच्दै मगर दिवस मनाएका हुन् ।
जनजातिहरुको बाहुल्यता रहेको म्याग्दीमा मगर समुदायले मगर दिवसको अवसरमा शुभकामना आदानप्रदानसहित नेपाल मगर संघ म्याग्दीको छैटौं जिल्ला अधिवेशनको समेत आयोजना गरेका छन् । मगर भेषभूषामा सजिएका बालबालिका, युवायुवती र बुढापाकाहरुसहितको ¥यालीमा सालैजो भाकासँगै उनीहरु छमछमी नाचेका थिए ।
दिवसको अवसरमा बेनीमा मगर जातिको पहिचान झल्कने भेषभूषा, खानपान तथा सांस्कृतिक झाँकीसहित कार्यक्रमहरु भएका छन् । मगर समुदायले जातिय भेषभूषमा सजिएको सांस्कृतिक झाँकीसहितको ¥यालीले सदरमुकाम बेनीबजार परिक्रमा गरेको थियो ।
उनीहरुले मगर समुदायमा लोपोन्मुख सोरठी, पुख्र्यौली र मारुनी नृत्य पनि देखाएका थिए । मगर समुदायले खासगरी माघेसङ्क्रान्ति पर्वलाई विशेष चाडका रुपमा मनाउने गर्छन् । २०६८ सालको जनगणना अनुसार एकलाख १३ हजार ६४१ जनसंख्या रहेको म्याग्दीमा झण्डै ४० प्रतिशत मगर समुदायको बसोबास रहेको छ ।

Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment