म्याग्दीले जित्यो सिड्निमा भलिबल उपाधी

aus
सीडनी । नेपमार्ट महिला भलिबल प्रतियोगिताको उपाधि म्याग्दी समाजले जितेको छ । सीड्नीमा पहिलो पटक सन्चालित महिला भलिबलको फाइनलमा पोखरा समाजलाई सिधा सेटमा हराउदै म्याग्दीले उपाधि जितेको हो । उपाधिसँगै म्याग्दीले आठ सय डलर र उप विजेता पोखरा समाजले पाँच सय डलर हात पारेको छ ।
पहिलो सेटमा पोखरा आपसी तालमेलको अभावमा सानो अन्तरले पराजित हुनु परेको थियो । तर दोस्रो सेटमा खेलमा आपसी समन्वयको अभावका कारण पोखराले १५ अंकमै हार्नु परेको थियो ।
म्याग्दीकी क्रिष्टल रानाको अलराउन्ड प्रर्दशननै फाइनलमा जितको कारण बन्यो । टोलीबिच आपसी तालमेल र रानाको उत्कृष्ट प्रर्दशनीका कारण खेल रोचक बनेको कुरा आयोजक नेपमार्टकी न्यान्सी पुनले बताइन । रानालेनै म्यान अफ दी म्याच अर्वाड जितेको रेफ्री खेम पुर्जाले  बताए ।
महिला भलिबलका विजेताहरुलाई एनआरएन अस्ट्रेलियाका प्रेस सल्लाहकार हेमन्त काफ्ले ,खेलकुद संयोजक नन्द गुरुङ , म्याग्दी समाजको अध्यक्ष हरी राम्जाली , पोखरा समाजका अध्यक्ष ध्रुब गुरुङ लगायतले ट्रफी तथा पदक र प्रमाणपत्र बितरण गरेका थिए । प्रतियोगितामा सहयोग गर्ने सम्पूर्ण प्रायोजक तथा सहयोगीहरुलाई समेत सम्मान गरिएको आयोजक न्यान्सी पुनले बताइन ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment