तारा एयर दुर्घटना स्थानीयको अनुभव

सन्तोष गौतम
म्याग्दी । तारा एयरको विमान म्याग्दीको रुप्से झरना, घोप्टेभीर लगायत स्थानमा दुर्घटना भएको अनुमान गरेपछि हामी बेनीबाट गएका थियौं । झन्डै ३० किलोमिटर गाडीमा गएपछि काब्रे भन्ने ठाउँमा पुग्यौँ । त्यहाँ पुग्दा १ बजेको थियो ।
जतिबेला विमान केकरबुट्टा भन्ने स्थानमा दुर्घटनाग्रस्त भेटिएको खबर आयो । त्यो निकै विकट र अनकन्टार ठाउँ भएकाले हामी केही स्थानीयलाई साथ लिएर गयौं ।
Tara Air Crash side (6)
काब्रेबाट झन्डै एक घन्टा उकालो हिँडेपछि एउटा खर्कमा पुग्यौं । जहाँ केही गोठ मात्रै थिए । मानवबस्ती काब्रे मात्रै थियो । त्यो खर्कसम्म त हिँड्ने बाटो थियो । त्यसपछिका बाटो निकै अप्ठेरा । कहिलेकाहीँ लेक-बेँसी गर्ने क्रममा भेडा मात्र हिँडाउने गरिएको रहेछ । खर्कबाट झन्डै तीन घन्टा उकालो र जंगलको बाटो हिँडेपछि हामी विमान दुर्घटना भएको स्थानमा पुग्यौं ।
Tara Air Crash side (3)
त्यतिबेला फुसफुस पानी र हिउँ परेको थियो । तारा एयरको विमान पहाडमा ठोक्किएको रहेछ । गुराँसको जंगल भएपनि भिरालो र रुखहरू समेत नभएको उक्त स्थानमा झन्डै एक-दुई सय मिटर वरपर विमानका टुक्रा थिए । केही ठाउँमा आगो समेत बलेको थियो ।
त्यहाँ पुगेका सुरक्षाकर्मी र हाम्रो अनुमानमा यो झन्डै ३५ सय मिटर उचारमा पर्छ । र, घोडेपानीबाट बाटो बिराएको विमान सीधै पहाडमा गएर ठोक्किएको जस्तो देखिन्छ । स्थानीयवासीका अनुसार विमान आफ्नो उचाइमा त थियो, तर अरु दिन हिँड्ने बाटोमा थिएन ।
बाक्लो हुस्सु लागेको थियो । सय, दुई सय मिटरअगाडि समेत केही नदेखिने अवस्था थियो । त्यसैले ठोडो भीरमा गएर विमान सीधै जोतिएको सहजै अनुमान लगाउन सकिन्छ ।
Tara Air Crash side (1)
धेरै जाडो भएकाले घटनास्थलमा पुगेका सुरक्षाकर्मी नजिकै आगो बालेर तापिरहेका थिए । पानी परिरहेको र आसपास मानवबस्ती समेत नभएकाले त्यहाँ धेरैबेर बस्न सम्भव पनि भएन । सुरक्षाकर्मीसँग संकलन गरिएका शवलाई ल्याउने कुनै साधन र अवस्था दुवै नभएकाले सहयोगका हामी त्यहाँ बस्नु आवश्यक पनि रहेन ।
हामी राति ११ बजेतिर भुरुङताल भन्ने ठाउँमा आएर बस्यौं । बाटोमा डीएसपीसहितको टोली भेट भयो । केही सुरक्षाकर्मी चाउचाउ र बिस्कुट खाएर घटनास्थलमा बसे । नेपाली सेनाको टोली भने केही तल क्याम्प बनाएर बसेको थियो ।
(कुराकानीमा आधारित)
Tara Air Crash side (2) Tara Air Crash side (4) Tara Air Crash side (5) Tara Air Crash side (7) Tara Air Crash side (8) Tara Air Crash side (9)


बुधबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटनामा परी २३ जनाको मृत्यु भएको छ। बितेका २० वर्षमा नेपालमा भएको यो ३० औं हवाई दुर्घटना हो। एभिएसन सेफ्टी नेटवर्कका अनुसार ती ३० हवाई दुर्घटनामा परी २ सय ६८ जनाको मृत्यु भएको छ। ती  ३० दुर्घटनामध्ये २० दु्र्घटनामा मानवीय क्षति भएको छ भने १० दुर्घटनामा मानवीय क्षति भएको छैन।

यो अवधिमा आन्तरिक उडान सेवाका २८ वटा साना ठूला जहाज र हेलिकोप्टर दुर्घटनामा परेका छन् भने २ वटा विदेशी एयरलायन्सका जहाज परेका छन्।


Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment