नेपालले चैत्र १६ मा मलेसियासंग फुटबल खेल्ने



Nepal-win--Bangabandhu-Gold-Cup११ फागुन, काठमाडौं । दुई बर्षसम्म अन्तर्राष्ट्रिय प्रतियोगिताको सेड्युल नभएको नेपाली राष्ट्रिय फुटवल टोलीले आगामी चैत्र १६ गते मलेसियाको राष्ट्रिय टोलीसंग अन्तर्राष्ट्रिय मेत्रिपूर्ण फुटबल खेल्ने भएको छ ।
मलेशियाको फुटवल संघको निमन्त्रणा अनुसार नेपालले चैत्र १६ गते क्वालालम्पुरमा मलेसियाको राष्ट्रिय टोलीसंग मैत्रिपूर्ण फुटबल खेल्न लागेको हो ।
गत महिना बंगबन्धु गोल्डकपको उपाधि जितेको नेपाली राष्ट्रिय टोलीले सन् २०१७ को अन्तिममा बंगलादेशमै हुने साफ च्याम्पियनसीपको तयारीको रुपमा यो मैत्रिपूर्ण खेल खेल्न लागेको हो ।
दुई बर्षसम्म राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय प्रतियोगिता नभएकाले बर्षको कम्तिमा चारदेखि पाँचवटासम्म अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलको आयोजना गरिने एन्फाका कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए ।
यसलाई आगामी साफ, त्यस्तै २०१९ को बिश्वकप छनौट तथा एशियन कप छनौट र अन्तराष्ट्रिय स्तरमा बिगि्रएको छवि सुधारका लगि भएको तुलाधरले जानकारी दिए ।
पछिल्लो समय नेपाली फुटवलले लिएको जितको लयलाई कायम राख्न र फिफा बरियातामा सुधारका लागि पनि धेरैभन्दा धेरै मैत्रिपूर्ण खेलको खेलाउने एन्फाको योजना रहेको सिइओ तुलाधरले बताए ।
मलेसियासंगको मैत्रिपूर्ण खेलका लागि अर्को साता टोलीको प्रारम्भिक छनौट गरने एन्फाले जनाएको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment