नेपाली काँग्रेस म्याग्दीको नयाँ नेतृत्व चयनको लागि मतदान सुरु (फोटो फिचर)

नेपाली काँग्रेस म्याग्दीको नयाँ नेतृत्व चयनको लागि मतदान सुरु भएको छ । पार्टी सभापती शुसील कोईरालाको निधनपछि स्थगित भएको छैठौँ जिल्ला अधिवेसनको निर्वाचन प्रकृया आज पुनः सुरु गरिएको हो । नयाँ नेतृत्वको लागि सभापतीमा दुई जनाविच प्रतिस्पर्धा भएको छ ।IMG_2151IMG_2118
सभापती पदको लागि संस्थापद पक्षबाट निवर्तमान उपसभापती खमबहादुर गर्वुजा (खमवीर) र देउवापक्षबाट महासमिति सदस्य नेत्र महत चुनाबी प्रतिस्पर्धामा हुनुहुन्छ ।त्यसैगरि १२ जना महाधिवेसन प्रतिनिधिमा महिलातर्फ दुई जनाको पदमा ६ जना, जनजातीतर्फ एक जनाको पदमा २ जना, अल्पसंख्यक तर्फ १ जनाको पदमा ४ जना, दलित तर्फ एक जनाको पदमा ३ जना र खुलातर्फ ६ जनाको पदमा १९ जना गरि कुल ३४ जनाविचमा प्रतिस्पर्धा भईरहेको छ ।
IMG_2117
यसैविच, जनजातीतर्फका महाधिवेसन प्रतिनिधिका उम्मेदवार गोपालनारायण भट्टचनले खिमबहादुर पुर्जालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएपछि महाधिवेसन प्रतिनिधिमा जनजातितर्फ दुई जनाविच मात्रै प्रतिस्पर्धा हुने भएको छ ।
IMG_2134
त्यस्तै जिल्ला कार्य समितितर्फ निर्वाचित सचिव पदमा दुई जना, कोषाध्यक्षमा दुई जना र चार जना खुला सदस्य पदमा १२ जनाविच प्रतिस्पर्धा भएको छ । त्यसैगरी जिल्ला सदस्य पदमै अल्पसंख्यक एक जनाको पदमा दुई जना र दलित तर्फ १ जनाको पदमा तिन जनाविचत प्रतिस्पर्धा भएको अधिवेसन निर्वाचन समितिले जनाएको छ । 
नयाँ नेतृत्व चयनको लागि जिल्लामा रहेका कुल ४ सय ५ जना प्रतिनिधिहरुले मतदान गर्नेछन् ।
IMG_2121
विहान ९ बजेदेखि सूरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने र मतदान सम्पन्न भएको एक घण्टा पछि नै मतगणना सुरु गरिने निर्वाचन अधिकृत अर्जुन प्रसाद चौलागाईले जानकारी दिनुभयो ।
IMG_2120
बेनी स्थित जिल्ला विकास समितिको सभाहलमा नयाँ नेतृत्वको लागि मतदान भईरहेको छ भने हल बाहिर सहिद स्मृती चोकमा नेता तथा कार्यकर्ताहरु आफ्नो उम्मेदवारलाई जिताउनको लागि ब्यापक प्रचार प्रसारमा जुटेका छन् । IMG_2133

संस्थापद र देउवापक्षबाट को–को भिड्दैछन्
नेपाली कांग्रेस म्याग्दीको छैठौ जिल्ला अधिबेशनमा बिभिन्न पदमा कांग्रेसका क्रियाशिल सदस्यहरुले आफ्नो उम्मेदवार दिएका छन । म्याग्दी कांग्रेसमा पनि केन्द्रिय राजनितिमा जस्तै चर्को गुटबन्दी भएको छ ।
IMG_2149

म्याग्दीमा संस्थापन तर्फ पार्टिका बर्तमान उपसभापति पदमा खमबहादुर गर्बुजा (खम्वीर) सहित टिमको सचिवमा अजयमिलन श्रेष्ठ, कोषाध्यक्षमा, टंक हमाल रहेका छन ।
IMG_8779

भने शेरबहादुर देउवा पक्षबाट महासमिति सदस्य समेत रहेका नेत्र महत सभापति सहित सचिवमा हरिकुमार श्रेष्ठ, कोषाध्यक्षमा अमृत कुमार श्रेष्ठको उम्मेदावर रहेको छ भने अन्य सदस्यहरुले कुनै पनि टिममा छु भनेर नखुलाएको म्याग्दी कांग्रेस स्रोतको भनाई छ ।
म्याग्दीअनलाइनबाट साभार
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment