तर कहाँनेर चुक्यो नोकिया?


आज भन्दा १० वर्ष अगाडी मोबाइल नै नोकिया थियो, नोकिया नै मोबाइल। मोबाइल सेटमा नोकियाको एकछत्र राज थियो। प्रयोगकर्ताहरु नोकियासंग यति सन्तुष्ट देखिन्थे कि नोकियाको विकल्प सायदै सोचिन्थ्यो।legend company nokia and unsuccess story ceo 31556615
तर समय यसरी बदलियो कि नोकिया अब मोबाइलमा राजा रहेन। नोकियालाई कसैले बजारमा भाउ दिदैँन। नोकियाको कुनै मोबाइलको बजारमा प्रतिक्षा हुँदैन।
माइक्रोसफ्ट कम्पनीले नोकिया किन्दा नोकियाका सिईओ यहि विषयमा रुन पुगेका थिए। माइक्रोसफ्ट कम्पनिले नोकिया किने पनि नोकिया मोबाइलको भाग्य भने फेरी फर्किएन।legend company nokia and unsuccess story ceo 22591715
नोकिया कम्पनि माइक्रोसफ्टले किन्न लागेको घोषणा गर्न नोभेम्बर २०१५ मा एक पत्रकार सम्मेलनमा नोकियाका तत्कालिन सिईओ जियाद जावब्रा रोएका थिए।
‘हामीले केही गल्ति गरेका थिएनौँ, तर खै कसरी, हामीले हार्यौं’, भाषण टुङ्ग्याउँदा जियादका आँशु खसेका थिए।
नोकियाका सेट राम्रा थिए, उपयोगी थिए, भरपर्दा अनि बलिया थिए।
तर कहाँनेर चुक्यो नोकिया?
मोबाइल फोन जे गर्नको लागि प्रयोग हुन्थ्यो त्यसको लागि नोकिया पर्याप्त थियो। तर मोबाइल फोनबाट के सम्म गर्न सकिन्छ भन्ने सायद नोकियाले सोच्न सकेन। जब प्रयोगकर्ताहरुले एप्पलका आईफोन र एन्ड्रोइडका स्मार्टफोन देखे भोगे प्रयोगकर्तालाई नोकिया ‘ड्रिम फोन’ रहेन।
बजारमा नयाँ दुई प्रकारका मोबाइल आउँदा पनि नोकिया त्यहि पुरानो सफलतामा मस्त सुतिरहेको थियो। जब ब्युँझियो ढिला भइसकेको थियो।
नोकियाले गल्ति केही गरेको थिएन। जसरी संसारबाट बिलय भएका जीवहरुले पनि कुनै गल्ति गरेका थिएनन्।
नोकियाले सिक्न ढिलो गर्यो, समय अनुसार परिवर्तनलाई आत्मसाथ गर्न ढिलो गर्यो। नोकियालाई दुर्भाग्य के रह्यो भने, उ बजारबाट पिछडिएको मात्र होइन समाप्तको दिशातर्फ नै उन्मुख भयो।
नोकियाको असफलताबाट के सिक्ने?
नोकियाको असफलताबाट प्रत्यके मानिसले, प्रत्येक कम्पनिले सिक्नसक्छन् कि बजार कसैको स्थायी रहँदैन। र बजारमा पकड राख्न चाहनेले निरन्तर अगाडी हेर्ने सोच्ने र समय अनुसारको परिवर्तनलाई आत्मसाथ गर्नुपर्दछ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment