अख्तीयारको आदेशको अबज्ञा गर्छन् यहाँका बिद्यालय

म्याग्दीको बेनी नगरपालीका १२ स्थित जनकल्याण माविमा बिवादका कारण डेढ वर्ष भन्दा लामो समयदेखि शिक्षक नियुक्त हुन सकेको छैन् । वि.स २०७१ असोजदेखि सुरु भएको मावि तहको अंग्रेजी विषयकोक अस्थाई शिक्षक नियुक्ती प्रक्रियाले पूर्णता पाउन नसकेको हो ।
विद्यालय ब्यवस्थापन समिति र प्रशासनबिच आफू अनुकुलका व्यक्तिलाई नियुक्त गर्न खोज्नु, राजनितिक दन्द्ध तथा शिक्षा कार्यालयले समयमै उचित निर्णय नगर्दा पठनपाठनमा असर परेको अभिभावकहरुले गुनासो गरेका छन् । २०७१ असोज ६ गते भएको लिखित र ७ गतेको अन्तरवार्ता परिक्षापछि शिक्षक छनौट समितिले शान्ति पौडेललाई नियुक्त गर्न सिफारीस गरेको थियो ।
Janakalyan Mavi ko Student Haruउक्त परिक्षा अपारदर्शी र अनियमित भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले परिक्षामा अनियमितता नभएको र छनौट समितिको निर्णयलाई सदर गर्नुपर्ने आशयको पत्रसहित २०७२ असार ८ गते विद्यालयलाई निर्देशन दिएपनि सम्बन्धित शिक्षकलाई हाजीर गराइएको छैन् ।
अख्तियारमा उजुरी परेपछि उक्त परिक्षा प्रक्रिया बदर गर्ने पुरानो समितिले निर्णय गरेको र नयाँ समितिमा पनि हाँजीर गराउने, नगराउने विषयमा एकमत Janakalyan Mavi Photoहुन नसकेपछि शिक्षक नियुक्त हुन नसकेको प्रअ कमल पौडेलले बताउनुभयो । स्थानीय स्तरमा पटक पटक बैठक बसेपनि सहमति जुट्न नसकेपछि आफूहरु शिक्षा कार्यालयको निर्णय पर्खेर बसेको प्रअ पौडेलको भनाई छ ।
शिक्षक छनौट प्रक्रियामा सफल उमेद्वार शान्ति पौडेलले पुर्वाग्रहका आधारमा नियुक्ती दिन नमानेको गुनासो गर्नुभयो । अख्तियारले समेत परिक्षा र छनौट समितिको निर्णयलाई सदर गरेको अवस्थामा हाँजीर गराउन नमान्नु र शिक्षा कार्यालयले बेवास्ता गर्दा आफूमाथि अन्याय र विद्यार्थीको पढाईमा असर पुगेको पौडेलको भनाई छ ।
उक्त विद्यालयमा करिब दुई सय जना विद्यार्थी अध्ययनरत छन् । जिल्ला शिक्षा कार्यालयले भने शिक्षक छनौट र नियुक्ती प्रक्रियामा निर्णय गर्ने सम्पूर्ण अधिकार विद्यालय ब्यवस्थापन समितिमा रहेको र समितिको निर्णयलाई आफूहरुले अभिलेख मात्र राख्ने जनाएको छ । शिक्षा नियमावली अनुसार ब्यवस्थापन समितिले गठन गरेको छनौट समितिको निर्णय र सिफारीसको आधारमा शिक्षक नियुक्त गर्न सकिने र नियमावली अनुसार भएको निर्णय कार्यालयले स्वीकार गर्ने जिशिअ रामप्रसाद अधिकारीले बताउनुभयो । सन्तोष गौत
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment