म्याग्दी बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी मञ्च गठन

–कमल बानियाँ
जिल्ला सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थीहरुको एक भेलाले पूर्व विद्यार्थी मञ्च गठन गरेको छ । शनिबार सम्पन्न भेलामा जिल्ला एवम् जिल्ला बाहिर रहेका पूर्व विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
भेलाले प्रकाश रेग्मीको अध्यक्षतामा १५ सदस्यीय पूर्व विद्यार्थी मञ्च म्याग्दी बहुमुखी क्याम्पस गठन गरेको छ । समितिको उपाध्यक्षमा योगेश शर्मा, सचिवमा विष्णुप्रसाद आचार्य, सह–सचिव कमल बानियाँ र कोषाध्यक्षमा कविता सुवेदी रहनु भएको छ । त्यस्तै सदस्यहरुमा क्रमशः घनश्याम शर्मा, सुवर्ण रिजाल, शैलेष श्रेष्ठ, जमुना आचार्य, कर्ण ब. खत्री, श्यामसुन्दर कँडेल, प्रदिप खत्री र सुनिता गौतम रहनु भएको छ । बाँकी दुई सदस्यमा एक जनजाति र एक दलित महिला पछि थप गर्ने जनाईएको छ ।
कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठको सभापतित्व, सञ्चालक समितिका कोषाध्यक्ष सोमनाथ ढुंगानाको स्वागत मन्तव्य, क्याम्पस प्रमुख टिकाराम सापकोटा स्ववियू संयोजक तेजेन्द्र बानियाँ, प्राध्यापक भोलानाथ घिमिरिे, पूर्व विद्यार्थी शिव बानियाँ, दीपक श्रेष्ठ, अभिभावक संघका संयोजक रामप्रसाद सुवेदीको शुभकामना मन्तव्य र क्यापसका सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment