मदन भण्डारी फाउण्डेसनको प्रशिक्षण

मदन भण्डारी फाउण्डेसनले म्याग्दी सदरमुकाम बेनीमा आयोजना गरेको बिचार गोष्टी तथा प्रशिक्षण कार्यक्रम बेनी बजारमा सम्पन्न भएको छ । नेकपा एमालेका सचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पशुपंक्षी विकास राज्यमन्त्री नरदेवी पुन, एमालेका गणेश तिमिल्सिना, सांसद नवराज शर्मा, एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ लगायतले बोलेका थिए ।
फाउण्डेसनका केन्द्रीय अध्यक्ष उषाकिरण भण्डारी र केन्द्रीय सदस्य देवराज घिमिरेले फाउण्डेसनका बारेमा प्रशिक्षण दिएको र जनताको बहुदलिय जनवाद र एमालेका बारेमा शंकर पोखरेलले प्रशिक्षण दिएको नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए ।
मदन भण्डारी फाउण्डेसन म्याग्दीका अध्यक्ष हिक्मत श्रेष्ठ र सचिव चन्द्रमान छन्त्यालले भने उक्त कार्यक्रममा आपत्ती प्रकट गरेका थिए । उनीहरुले जिल्लामा अस्तीत्वमा रहेको संस्थालाई निश्चित मानिसको नियतका आधारमा बाइपास गरेर कार्यक्रम गरेर गुटको प्रोत्साहन गरेको बताएका थिए । कार्यक्रम चलिरहेकै बेलामा पुगेर उनीहरुले आपत्ती जनाएको एमाले अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए ।
अध्यक्ष हिक्मत श्रेष्ठले आफूअध्यक्ष हुँदा हुँदै नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा धौलागिरी इन्चार्ज गणेश तिमिल्सिनाले नियतबस बेनीमा आएर कार्यक्रम आयोजना गर्न लगाएको भन्दै आपत्ती प्रकट गरेको बताइएको छ । फाउण्डेसनका अध्यक्ष तथा सचिवले कार्यक्रममै पुगेर एक बिज्ञप्ती जारी गर्दै सांसद र निश्चित केही मानिसले गुटलाई बढावा दिँदै कार्यक्रम आयोजना गर्नुले आम कार्यकर्तामा नकरात्मक असर पर्ने उल्लेख गरेको बताइएको छ ।
विज्ञप्तीमा विधि र प्रकृयाभन्दा बाहिर गएर गरिने कार्यक्रम र नीतिगत अपराध जसले गरेको भएपनि कारवाही हुनु पर्ने र आफूहरुले अपराध गरेको भए आफूहरु कारवाही भोग्न तयार रहेको र अरुले गरेको भएपनि उनीहरु कारवाही भोग्न तयार हुन पर्ने र यदी आफूहरुबाट त्यस्तो गल्ती भएको भए कारवाही भोग्न तयार रहेको भन्ने बिज्ञप्ती प्रकाशित गरिएको बताईएको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment