म्याग्दीमा पुष्पलाल स्मृती प्रतिष्ठान गठन




बेनीबजारमा माघ १७ गते आइतबार भएको भेलाले पुष्पलाल स्मृति प्रतिष्ठान गठन गरेको छ । भेलाले राजकुमार थापाको संयोजकत्वमा पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला तदर्थ समिति गठन गरेको हो ।
प्रतिष्ठानको सचिवमा हेमराज शर्मा रहेको छन् भने सदस्यहरुमा कृष्णकुमार बिश्वकर्मा, लेखनाथ शर्माा, तेजेन्द्र बानियाँ, कृष्ण शर्मा रहेका छन् । त्यसैगरी चन्द्रमान छन्त्याल, हिक्मत श्रेष्ठ, चिरञ्जीवी शर्मा, दिनेश विष्ट, मुक्त पाइजा, टिका बरुवाल, प्रविण खत्री, बीरेन्द्र शाही, सागर सुवेदी र याम खड्का, गणेश बहादुर कार्की, रहेको तदर्थ समिति गठन गरिएको संयोजक राजकुमार थापाले बताए ।
नवगठीत पुष्पलाल स्मृति प्रतिष्ठानले आगामी फागुन मसान्त भित्र बृहत भेला तथा प्रशिक्षणको आयोजना गर्ने र नेकपा एमालेका कार्यकर्ताहरुलाई बैचारीक रुपमा पनि अझै अब्बल बनाउने आफूहरुको योजना रहेको प्रतिष्ठानका सचिव हेमराज शर्माले बताएका छन् ।
पुष्पलाल स्मृति प्रतिष्ठान नेकपा एमालेको नवौं महाधिवेशनबाट पारीत राजनैतिक कार्यदिशा अनुरुप नेकपा एमालेको बैचारीक दृष्टिकोण जनतामाझ लैजाने र पार्टी कार्यकर्ताहरुलाई बैजारीक रुपमा जुझारु गराउनका लागि गठन गर्नकालागि पारीत भएको निती अनुरुप गठन भएको हो ।
कम्युनिष्ट पार्टीका संस्थापक नेताको बिचारलाइ जुझारु रुपमा अगाडी बढाउनुका साथै कम्युनिष्ट बिचारलाइ उचाइमा लैजानु पुष्पलाल स्मृती प्रतिष्ठानको मुख्य लक्ष रहेको नवगठीत समितिले जनाएको छ ।
पार्टीको बिचार र पुष्पलालको बिचार अहिलेको अवस्थामा कत्तिको सान्दर्भीक छ भन्ने सन्दर्भमा पनि अहिलेको समय उत्तम भएको र पुष्पलाल नेपालको कम्युनिष्ट राजनीतिका उच्च र उत्तम धरोहर हुने भन्ने पनि पुष्पलाल स्मृति प्रतिष्ठानले अगाडी बढाउन आवश्यक एजेण्डा भएको संयोजक राजकुमार थापाले बताए ।
संयोजक थापाका अनुसार अहिलेको देशको राजनैतिक अवस्थामा पुष्पलालको बिचार अहिलेको उत्तम बिचार भएकाले म्याग्दीमा पनि यसको आवश्यकता महसुष गरेर प्रतिष्ठान गठन गरीएको हो ।
बाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भुमिका खेलेका पुष्पलालकोे बि। सं २०३५ साल साउन ७ गते भारत निर्वासनका क्रममा निधन भएको थियो । बाम आन्दोलनका कारण पञ्चायतकालमा उनी भारत निर्वासनमा जानुपरेको थियो । शहिद गंगालालका भाइसमेत रहेका पुष्पलालले २००६ सालमा भारतमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । कम्युनिष्ट आन्दोलनको घोषणापत्रलाई पहिलोपटक नेपालीमा अनुवाद गर्ने काम समेत पुष्पलालले गरेका थिए ।

Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment