सम्पर्क मञ्चमा सापकोटा


नेकपा एमाले म्याग्दी–काठमाडौं सम्पर्क मञ्चको शनिबार काठमाडौंमा सम्पन्न ११औं जिल्ला सम्मेलनले पदमलाल सापकोटाको अध्यक्षतामा १३ सदस्यीय कमिटी चयन गरेको छ । सम्पर्क मञ्चको उपाध्यक्षमा कमल पुन, सचिवमा बद्री पुन, उपसचिवमा अमित ढुङ्गाना र कोषाध्यक्षमा जालमाया बुढाथोकी रहेका छन् ।
12351159_696301203839879_2105796835_n
यसैगरी मञ्चको सदस्यहरुमा नवराज सुवेदी, विन्दु थापा, सरिता सुवेदी, सीता थापा पाईजा, गोविन्द केसी, वेदु सुवेदी, ईन्दु बानियाँ र नरकुमारी पुन चयन भएको सम्पर्क मञ्चले जनाएको छ । सम्मेलनको अवसरमा म्याग्दीका लोकगायक खड्क गर्बुजा, खेलाडी गौरव बुढाथोकी र नेकोन पूर्जा तथा एसएलसीमा उत्कृष्ट श्रीया बौद्धाचार्य र प्रत्युष ढुङ्गानासहित ५ जनालाई दोसल्ला एवं प्रमाणपत्रले सम्मान गरिएको छ ।
सम्मेलनको नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी इन्चार्ज छविलाल विश्वकर्माले उद्घाटन गरेका थिए । कार्यक्रममा एमालेका पोलिट व्युरो सदस्य थममाया थापा, केन्द्रीय सदस्य विजय गुरुङ, म्याग्दी अध्यक्ष हरिकृष्ण श्रेष्ठ र धौलागिरि–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष लीला शेरचनले मन्तव्य राखेका थिए । 
कार्यक्रम नेकपा एमाले म्याग्दी–काठमाडौं सम्पर्क मञ्चका निवर्तमान अध्यक्ष याम गर्बुजाको अध्यक्षता, सचिव पदमलाल सापकोटाको सञ्चालन र पदम छन्त्यालको स्वागतमा सम्पन्न भएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment