१ बलबाट २८६ रन

क्रिकेटबारे चासो राख्नेहरुलाई थाहा छ । क्रिकेटमा १ -१ रनको ठूलो महत्व छ । १ रन लिनका लागि पनि मेहनत गरेर दौडिन्छन् खेलाडीहरु ।
तर तपाइँलाई पत्याउन गाह्रो पर्ला क्रिकेटको इतिहासमा १ बलबाट २८६ रन सम्म आएको रेकर्ड छ ।
हो । यो रेकर्ड बेलायतको हो । बेलायतको एक अखबारका अनुसार सन् १८९३-९४ मा बेलायतकी तत्कालीन महारानी भिक्टोरियाले छिमेकी टिम स्क्याच ११ लाई क्रिकेट खेल्न निम्तो दिएकी थिइन् ।
महारानी भिक्टोरियाको टिमका एक ब्याट्सम्यानले एक शट हानेर बललाई रुखमा पुर्‍याइदिए र बल त्यहीँ अड्कियो । रुखको हाँगामा अड्किएको बल झिक्न निक्कै मुस्किल पर्‍यो । बल नआउँदा सम्म खेलाडीहरुले दौडेर २८६ रन बनाइसकेका थिए ।
बल रुखमा अड्केपछि विपक्षी टिमले रनिङ रोक्न अपिल गरे तर अम्पायरले यो अपिल अस्वीकार गरिदिए । बल झिक्न असम्भव भएपछि बललाई राइफलले गोली हानेर त्यही ध्वस्त पारियो ।
यतिबेला सम्म भिक्टोरियाको टिमका खेलाडीले २८६ रन बनाइ सकेका थिए । जुन अहिले सम्म क्रिकेट इतिहासमै १ बलमा बनेको सबैभन्दा ठूलो स्कोर मानिएको बेलायती पत्रिकाको दावी छ ।
यो सँगै भिक्टोरियाको टिमले पारी समेत घोषणा गरेको थियो । यो खेलमा २ खेलाडीले विकेटको विचमा कम्तिमा ६००० मिटर दौडेका थिए ।
cricket-generic-rex
यो म्याच सम्बन्धि रिपोर्ट लण्डनको ‘पाल माल गजेट’ नामक पत्रिकाले १५ जनवरी १९८४ मा प्रकाशित गरेको थियो । यो पत्रिकाको स्थापना १८६५  जनवरी ७ मा भएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment