युवा संघ म्याग्दीको अध्यक्षमा शाही

यूवा संघ म्याग्दीको अध्यक्षमा प्रविण शाही निर्वाचित भएका छन् । १० औ जिल्ला अधिवेशनमा सर्वसम्मतिले नेतृत्व चयन हुन नसकेपछि मतदान भएको थियो । अध्यक्षका प्रत्यासी शाहीले ९७ र चन्द्रमान छन्त्यालले ३१ मत प्राप्त गरेका थिए । त्यस्तै सचिवमा हरि केसीले ९४ र सागर सुबेदीले ३२ मत प्राप्त गरेको संचारकर्मी कमल बानियाँले  बताए । उनका अनुसार कोषाध्यक्षमा सुबास केसी ९४ र मुक्त केसीले ३९ मत प्राप्त गरेका थिए।
DSC07389
 शुक्रबार देखी सुरु भएको अधिवेशनमा सहमतिबाटै नेतृत्व चयन गर्ने अन्तिम समयसम्म पनि प्रयास भएपनि सफल नभएपछि मतदानको प्रक्रियामा जान यूवाहरुले अनुरोध गरेका थिए । नेकपा एमालेको यूवामा लोकप्रिय रहेका शाही यातायातको क्षेत्रमा समेत आवद्ध छन् । चरम गुठबन्दी प्रति कम चासो देखाउने गरेका शाही म्याग्दी बहुमुखी क्याम्पसमा स्ववियू सदस्यमा धेरै मत ल्याएर विजय समेत भएका थिए ।
12341229_1012152722159252_6467681341474191689_n
सहमतिमा नेतृत्व गर्न तयार रहेको निर्वतमान उपाध्यक्ष लेखनाथ शर्माले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।अधिवेशनबाट उपाध्यक्षमा बाबुराम चोखाल, सहसचिव अरुण गर्बुजा र कार्यसमितिका ३२ जना सदस्य निर्विरोध चयन भएका थिए ।
DSC07395
कार्यसमिति सदस्यमा सर्वसम्मति भएपछि अध्यक्ष, सचिव र कोषाध्यक्षमा अन्तिम प्रयास भएको थियो । अधिवेशनमा जिल्लाका २९ गाविसबाट प्रति गासिव ३ जना, नगरपालिका ५, नगर वडाबाट प्रति वडा १ र आयोजक कमिटीका ३३ जना प्रतिनिधिलाई मतदानको अधिकार रहेपनि कुल १ सय ३१ खसेको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment