म्याग्दीको समस्याबारे ध्यानाकर्षण गराउन टोली काठमाण्डौंमा

 म्याग्दी, १९ असार । म्याग्दी जिल्लाको समस्या र आवश्यकताका बारेमा ध्यानाकर्षण गराउन जिल्लाको एक टोली काठमाडौंस्थित विभिन्न मन्त्रालयमा पुगेको छ । 

म्याग्दी उद्योग वाणिज्य संघको सक्रियतामा सभासद् नवराज शर्मा, नरदेवी पुन, रेशमबहादुर बानिया“सहित संघका पदाधिकारीहरुको टोली मन्त्रालयमा पुगेको हो ।

 नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रमोद श्रेष्ठ, संघका म्याग्दी शाखा अध्यक्ष जीवनकुमार विश्वकर्मा, वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कर्माचार्य, महासचिव राजेश शाक्य लगायतको प्रतिनिधि मण्डलले अर्थमन्त्री रामशरण महत, सिंचाईमन्त्री एनपी साउद, योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोख्रेल, नेपाल विद्युत प्राधिकरण ग्राहक सेवा केन्द्रमा जिल्लाको आवश्यकता र समस्याका बारेमा जानकारी गराएको जनाएको छ ।

 ध्यानाकर्षणको बारेमा जानकारी दिंदै उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कर्माचार्यले भने समस्याका बारेमा सम्बन्धित मन्त्रालयमा जानकारी गरायौं, उहा“हरु सबै सकारात्मक हुनुहुन्छ । उनका अनुसार अर्थमन्त्री, सिँचाई मन्त्री र योजना आयोगका उपाध्यक्षले म्याग्दीलाई बजेटमा प्राथमिकतामा राख्ने प्रतिबद्धता समेत जनाएको बताइएको छ ।

 उक्त ध्यानाकर्षण टोलीले बेनी–मालढु·ा सडक, बेनी–जोमसोम सडक, बेनी–दरबाङ सडकको स्तरोन्नति, ग्रामीण कृषि सडकमा केन्द्रीय स्तरबाटै बजेट विनियोजन, बेनीबजार संरक्षणका लागि आपतकालिन बजेटको व्यवस्था, सिंचाई कार्यालयको स्थापना लगायतका मागहरु राखिएको छ । विगत ५ वर्षअघि स्थापना भएको सिंचाई इकाइले काम नगरी फिर्ता भएको अवस्थामा पुनः कार्यालय स्थापनाका लागि मन्त्रालय सकारात्मक देखिएको उक्त टोलीले जानकारी दिएको छ । 

बेनीबजार संरक्षणका लागि विगतका वर्षभन्दा बजेटमा बढेर आउने अनुमान समेत गरिएको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment