स्वास्थ्य सेवा प्रभावकारी बनाउन सहकारी उपयुक्त

बागलुङ, २० असार । आम जनताको जीवनसंग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य सेवालाई सहकारीमार्फत प्रभावकारी बनाउन सकिने बागलुङका सहकारीकर्मीहरुले बताएका छन् ।

९३ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा  राज्यमार्फत दिइने स्वास्थ्य सेवा प्रभावकारी नभएको, निजी क्षेत्र बढी नाफामुखी भएको समयमा सहकारी क्षेत्रले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनु पर्नेमा सहभागीहरुको जोड थियो ।
शनिवार धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्था लिमिटेड बागलुङले आयोजना गरेको सहकारीमार्फत स्वास्थ्य सेवा विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।
सहकारीमार्फत सञ्चालित निलगिरि अस्पतालले दिएका सेवाका कारण धौलागिरिका विरामीहरु अन्यत्र जानबाट रोकिदै गएको भन्दै सहभागी वक्ताहरुले अस्पतालाई थप व्यवस्थित गर्नका लागि सबैको सहयोग आवश्यक रहेको बताउनु भएको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, सूचना तथा सञ्चार सहकारी संघका अध्यक्ष मनकुमारी केसी, कृषि सहकारी संघका अध्यक्ष मोहनलाल शर्मा, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष अञ्जु जिसी, नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष दिलिप पौडेल, डाकटर आयुष रायमाझीले सबैको अपनत्व हुने र समन्वय हुने भएकाले स्वास्थ्य मात्रै नभएर उत्पादन, प्रशोधन, सेवा क्षेत्रमा सहकारी उपयुक्त हुने धारणा राख्नु भएको थियो । 

कार्यक्रममा बागलुङ गलकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष डा.दिनबहादुर थापा, लहरेपीपल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रुद्रबहादुर केसी, कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चुडामणी आचार्य, मातृभूमि बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष तेजेन्द्रराज पन्त, बागलुङ कालिका बचत तथा ऋण सहकारी संस्थाका सचिव सुरेशप्रसाद श्रेष्ठ, धौलागिरि फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थाका सञ्चालक कमल थापा, सहकारीकर्मी भवनराज बराल लगायतले सहकारी मार्फत स्वास्थ्य सेवाका बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा संस्थाका सचिव रामबहादुर जिसीले संस्थाका बारेमा र मेडिकल निर्देशक डा.गोविन्द गौतमले निलगिरि अस्पतालको सेवाका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष राम शर्माको अध्यक्षता, उपाध्यक्ष डिलबहादुर कार्कीको स्वागत र सचिव जिसीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थितहरुको स्वास्थ्यकर्मीबाट निःशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो । ३७ जना सदस्यको ३७ लाख रुपैया“ संकलन गरी सञ्चालनमा आएको धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्थामा हाल १ सय ६० जनाको १ करोड ६० लाख शेयर रकम रहेको संस्थाका कोषाध्यक्ष इश्वरलाल राजभण्डारीेले जानकारी दिनुभयो ।

सहकारीमार्फत सञ्चालित २५ शैयाको निलगिरी अस्पतालमा स्त्रीरोग विशेषज्ञ डा. लक्ष्मी गौतम लगायतका ४ जना डाक्टरबाट स्वास्थ्य सेवा दिइदै आएको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment