संविधानको मस्यौदा र दलित समुदाय बिषय अन्तक्र्रिया

रबिना बोहरा
बागलुङ, ३ श्रावण
उत्पिडित दलित समुदायको सञ्जाल बागलुङको आयोजना तथा गाविस स्तरीय सञ्जालको व्यवस्थापनमा गल्कोटको हटियामा संविधानको मस्यौदा र दलित समुदाय बिषय अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका पुर्व सदस्य गोविन्द नेपालीले संविधानसभा मस्यौदामा दलितका हक अधिकार कुण्ठित गरिएकाले संविधानमा दलितहरुको समान प्रतिनिधित्व गराएर लैजानु पर्ने बताउनुभयो । उहाले दलित समुदायको अधिकारको ग्यारेण्टी गरेर संविधान निर्माण गनुपर्ने बताउनुभयो । राज्यका हरेक सेवा सुविधामा दलितका हक अधिकार समावेश गर्नुपर्ने सहभागीको माग छ ।
कार्यक्रममा अधिवक्ता यामबहादुर चर्मकारले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा दलित वर्ग उत्थान संवन्वय समिति बागलुङका उपाध्यक्ष रबिलाल विश्वकर्माले बोल्नुभएको थियो । कार्यक्रम उत्पिडित दलित समुदायको सञ्जाल बागलुङकाका अध्यक्ष टकबहादुर बोहोराको अध्यक्षता, घुम्टे दलित सञ्जाल गल्कोटका अध्यक्ष होमबहादुर सुनारको स्वागत र सञ्जालका पुर्व महासचिव श्याम विकको सञ्चालनमा सम्पन्न भएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment