दलित समुदायको सशक्तिकरण


बागलुङ, २३ असार
दलित समुदायको व्यक्तित्व र नेतृत्व विकासमा टेवा पु¥याउने उद्देश्यले आज बागलुङ नगरपालिका–६ ढिकिचौरमा दलित समुदायको सशक्तिकरण गोष्ठी सम्पन्न भएको छ ।
माननिय सभासद नरबहादुर थापाको पहलमा निर्वाचन क्षेत्र विकास कोषको सहयोगका आयोजित गोष्ठीमा व्यक्तित्व निर्माण, सामाजिक संरचना, जातिय विभेद अन्त्यमा भएको कानुनी तथा व्यवहारिक प्रर्यास र नेतृत्व सम्बन्धी तालिम प्रदान गरिएको थियो ।
तालिमको सहजिकरण माननिय थापाका प्रतिनिधि लालबहादुर थापा र पत्रकार नवीन शिशिर विकले गर्नुभएको थियो । कार्यक्रम दलित अगुवा गौरीशंखर सुनारको अ्रध्यक्षता र रविन सुनारको संचालनमा सम्पन्न भएको थियो ।

Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment