अठ्यारो छ यात्रा...गीत सार्वजनिक

बागलुङ, साउन ६ । बागलुङका दुई प्रतिभाशाली कलाकार मनु रोका र किशोर थापाको नयाँ गीत सार्वजनिक गरिएको छ । पत्रकार दिल शिरीषको शव्द, मनु रोकाको संगीत, किशोर थापा र मनु रोकाको युगल आवाजमा रेकर्ड गरिएको अप्ठ्यारो छ यात्रा...गीतको सभासद केशरी घर्तीले सार्वजनिक गर्नुभएको हो । 

१७ औ अरुण स्मृति दिवसको अवसरमा बागलुङको लोकतान्त्रिक चोकमा आयोजित अरुण स्मृति सांगीतिक साँझमा नयाँ गीतको सार्वजनिक गर्दै सभासद घर्तीले अब बन्ने नयाँ संविधानमा कलाकार र गीत संगीतलाई पनि आवश्यक सम्बोधन गर्न पहल गर्ने बताउनुभयो ।

अहिले हामी संविधानको प्रारम्भिक मस्यौदा माथि सुझाव संकलनको राष्ट्रिय अभियानमा छौ, सभासद घर्तीले भन्नुभयो, ‘कलाकारिता क्षेत्रको समस्यालाई पनि सम्बोधनका लागि लागिरहेको छु ।’ आफु जनयुद्धमा  कलाकारिता क्षेत्रमा पुर्‍याएको योगदानका कारण सभासद भएको भन्दै उहाँले गीत संगीतलाई समाज र राष्ट्रसँग जोड्पर्ने वताउनुभो । 

महाभुकम्पपछि सिर्जित राष्ट्रिय बिपत र त्यसको सामनामा उत्साह भर्ने गरी गीत तयार गरिएको गायक मनु रोकाले बताउनुभयो । उक्त गीतको समसामयिक विषयमा केन्द्रित गरी भिडियो छायाकंन गर्ने अन्तिम तयारीमा रहेको अर्का गायक किशोर थापाले बताउनुभयो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment