२०२ औं भानु जयन्तीमनाइयो

बागलुङ/धवलागिरीमा पनि २०२ औ भानु जयन्ती विभिनन कार्यक्रम गरी मनाइएको छ । धौलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको बम–सरस्वती स्मृति पुरस्कार पर्वत पाङका कवि नारायणप्रसाद उपाध्याय अर्याललाई प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले कवि अर्याललाई पुरस्कृत गर्नुभएको हो ।

बागलुङ मुलपानी घर भइ हाल बेल्जियममा बस्ने कवि दीपेन्द्र के.सी.द्वारा हजुरबुबा बमबहादुर र हजुरआमा सरस्वतीको स्मृतिमा स्थापित पुरस्कारबाट पहिलोपटक अर्याल पुरस्कृत हुनुभएको हो । अर्यालले नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा पुर्‍याएको योगदान स्वरुप पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताउनुभयो । 

धवलागिरी साहित्य प्रतिष्ठानमा स्थापित उक्त पुरस्कार हरेक वर्ष प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष रोशनले बताउनुभयो । प्रतिष्ठानले पुरस्कार समपर्ण समारोहसँगै भानु जयन्ती विविध साहित्यिक कार्यक्रम सहित मनाएको छ । समारोहको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व र कृतित्व सदा अमर रहेको बताउनुभयो ।

जयन्तीका अवसरमा प्रस्तावित भानुपार्क निमार्णस्थलको अवलोकन, स्थलगत कविता लेखन, भानु चित्रलेखन, काव्य गोष्ठी लगाएतका कार्यक्रम गरिएको प्रतिष्ठानका सचिव राम थापा ‘अविरल’ले जानकारी दिनुभयो । भानु चित्र लेखनमा विक्रम परियार उत्कृष्ट हुनुभएको थियो । जयन्तीमा स्थलगत रुपमा दर्जन बढी स्रष्टाले रचना लेखन गरेका थिए ।

पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, पुरस्कृत कवि अर्याल, जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारी लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कवि अर्यालको व्यक्तिबारे सह–प्राध्यापक विष्णु मैत्रेयले प्रकाश पार्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष काजी रोशनको अध्यक्षता, सदस्य उप–प्राध्यापक डा. षडानन्द पौडेलको स्वागत मन्तव्य र सचिव राम थापा ‘अविरल’ को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment