निलगिरी र गरिमा विकास बैंक मर्ज

बागलुङ/गरिमा विकास बैक र निलगिरी विकास बैक एक आपसमा गाभिए पछि मंगलबारदेखि एकिकृत रुपमा कारोवार शुरु गरेका छन् । कास्कीको पोखरा उपमहानगरपालिकामा मुख्य कार्यालय रहेको गरिमा र वेनी नगरपालिकामा मुख्य कार्यालय रहेको निलगिरी बैक एक आपसमा गाभिए पछि एकिकृत रुपमा कारोवार शुरु गरिएको सञ्चालक हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

दुई वटा बैंक गाभिए राष्ट्रिय स्तरको विकास बैक निर्माण भएको छ । गरिमा विकास बैक लिमिटेडको नामबाट सञ्चालनमा आएको बैकले एकीकृत कारोबार शुभारम्भ गरेको छ । दुई बैक मर्च भए पछि चुक्ता पुँजी ७१ करोड १० लाख पुग्ने बताइएको छ । बैंकको एउटा एक्स्टेन्सन काउटर समेत २५ वटा शाखा कार्यालय हुने बताइएको छ । बैंकको संकलन करिब ६ अर्व २० करोड रुपैयाँ र लगानीमा रहेको कर्जा करिव ५ अर्व ५० करोडड रहेको छ । बैकको ८५ जना संस्थापक शेयरधनी रहेको बताइएको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment