पर्वतका सञ्चारमाध्यमद्धारा राजनीतिक दल बहिष्कार

लक्ष्मीप्रसाद सापकोटा पर्वत २१ असार
आम सञ्चारप्रति राजनीतिक दलहरु अनुदार बनेको भन्दै पर्वतका सञ्चार माध्यामहरुले राजनीतिक दलका समाचार तथा दल सहभागि सवै गतिविधि बहिष्कार गर्ने भएका छन् ।
मुलुकको हरेक परिवर्तनमा महत्वपूर्ण भुमिका खेल्ने सञ्चारमाध्यमको सवलीकरण र आमसञ्चारप्रति राजनीतिक दलले सौतेनी ब्यवहार गरेको र सञ्चार माद्यामप्रति अनुदान देखिएको भन्दै राजनीतिक दलका गतिविधि बहिष्कार गर्ने निर्णय गरेका हुन् ।
कुश्मा नगरपालिकाबाट संचार माद्यामको सवलीकरणका लागि बजेट माग गर्दा दलहरुले बजेट बिनीयोजन गर्न नमानेपछि सञ्चार माद्यामहरु आन्दोलित बनेका हुन् । विकास निर्माणको नाममा करोडौ रुपैया दुरुपयोग भैरहेको बेला विसकासका साझेदारको रुपमा रहेका सञ्चार माद्यामलाई बजेट बिनीयोजन गर्ने कुरामा दलहरु पछि हटेको भन्दै सञ्चारमाद्यामहरुले सम्पुर्ण दलका गतिविधिहरु पुर्ण रुपमा बहिष्कार गर्ने निर्णय गरेका हुन् ।
कुश्मा नगरपालिकाले बजेट बिनीयोजन गर्ने सम्वन्धमा छलफलका लागि बोलाएको राजनीतिक दल, पत्रकार र नगरपालिकाको बैठकमा समेत दलहरु अनुपस्थित भएका छन् । अरु समयमा सञ्चार माद्याम नभएसम्म आफ्ना कार्यक्रम शुरु नगर्ने र सवैभन्दा बढि समाचार चाहिने तर उनिहरुको प्रवद्र्धनका लागि बेवास्ता गरेकोले सम्पुर्ण गतिविधि बहिष्कार गर्ने निर्णय गरिएको नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्माले जानकारी दिए ।
छलफलका लागि बोलाईएको बैठकमा समेत उपस्थिति नजनाएर सञ्चार माद्यामदेखि भाग्न खोजेको समेत उनको आरोप छ । स्थानिय सञ्चार माध्यमको  सवलीकरण र प्रवद्र्धन गर्ने दायित्व स्थानिय निकायको भएपनि संयन्त्रमा प्रतिनिधित्व गर्ने दलहरुले भने एक पैसा पनि बजेट छुट्टाउन आनाकानी गरेका छन् । श्रोतका अनुसार सञ्चार माध्यमको प्रवद्र्धन गर्नका लागि बजेट बिनीयोजन गर्न नगरपालिकाले आव्हान गरेको वैठकमा सहभागि नहुनका लागि सवै दलहरुले अनौपचारीक सहमति समेत गरेका थिए । जिल्ला विकास समितिमा विहान ८ बजे बोलाईएको बैठकमा दलहरु सहभागि नभएपछि बैठक स्थगित भएको थियो । त्यस लगत्तै बसेको सञ्चार माद्यामहरुको बैठकले यस अघिदेखि संचालित कुश्मा नगरपालिका विरुद्धको आन्दोलनका कार्यक्रम फिर्ता लिएर दलहरुका विरुद्ध आन्दोलन केन्द्रित गरेका हुन् । नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्मा र सचिब छविलाल तिवारीद्धारा विज्ञप्ती प्रकाशित गरी सोमवारदेखि नै पर्वतमा क्रियाशिल सबै राजनीतिक दलहरु सहभागी कार्यक्रम सबै सञ्चारमाध्यमले सामुहिक बहिष्कार गर्ने र दलको समाचार कुनैपनि सञ्चारमाध्यममा सम्प्रेषण नगर्ने निर्णय भएको उल्लेख गरिएको छ ।
 यस अघि जिल्ला विकास समितिमा पनि सञ्चार माद्यामलाई रकम बिनीयोजन गर्न दलहरु असमति भएपछि सञ्चार माध्यामहरुले आन्दोलन गरेका थिए । सो आन्दोलन पश्चात आर्थिक वर्ष ०७२÷७३ का लागि १२ लाख रुपैया बिनीयोजन भएको थियो ।



Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment